‘स्वदेशमै स्वरोजगार बन्न र भविष्यमा आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छौं’ (भिडियाे)
‘नेपालमा मात्रै नभएर, विदेशमा पनि गएर त्यहाँका विभिन्न सेफहरुसँग काम गर्न मन छ, म्यानेजमेन्ट कसरी चलाइँदो रहेछ भन्ने प्राक्टिकल्ली अनुभव गर्न मन छ ।’
किशोर आवाजको एघारौं श्रृंखलामा हामीले किरण भण्डारी र ईशा मानन्धरसँग कुराकानी गरेका छौं ।
उहाँहरु ललितपुरको लगनखेलस्थित नेस्फिल्ड इन्टरनेशनल कलेजमा होटल म्यानेजमेन्टमा ब्याचलर अध्ययनरत हुनुहुन्छ । उहाँहरुले आफ्नो पढाइ र त्यससँगैको सिकाइका अनुभवलाई विस्तृतमा बाँड्नुभएको छ ।
किरणले ११–१२ मा विज्ञान विषय पढेर ब्याचलरमा होटल म्यानेजमेन्ट पढ्नुभएको हो । ‘विज्ञान मेरो रुचिले पढेको थिइन, यो मेरो रुचिको विषय हो,’ उहाँले भन्नुहुन्छ, ‘होटल म्यानेजमेन्टको पढाइ रमाइलो लागेको छ ।’ ईशाले पनि कक्षा ११ र १२ मा फरक विषय पढेर अहिले हाेटल म्यानेजमेन्ट राेज्नुभएकाे हाे । उहाँ पनि रमाइलो मानेर पढिरहेको बताउनुहुन्छ ।
किरणलाई चिकेन आइटम बनाउन र ईशालाई बेकरी आइटम बनाउनमा रुचि छ । उहाँहरु दुवै जनाको योजना पनि भविष्यमा देशमै स्वरोजगार बन्ने र आफ्नै ब्रान्ड स्थापित गर्ने छ । ‘पढाइकै क्रममा इन्टर्न जाँदा विदेश र नेपालमा रहेका समानता र भिन्नता जान्ने मौका मिल्नेछ, त्यसपछि नेपाल फर्किएर बेकरी खोल्ने इच्छा छ,’ ईशा भन्नुहुन्छ ।
‘नेपालमा मात्रै नभएर, विदेशमा पनि गएर त्यहाँका विभिन्न सेफहरुसँग काम गर्न मन छ, म्यानेजमेन्ट कसरी चलाइँदो रहेछ भन्ने प्राक्टिकल्ली अनुभव गर्न मन छ,’ किरण भन्नुहुन्छ, ‘त्यसपछि फर्किएर आफैंले केही गर्ने र स्थापित हुने इच्छा छ ।’
घरमा खाना बनाउन कत्तिको अभ्यास गर्नुहुन्छ ? भन्ने प्रश्नमा ईशा भन्नुहुन्छ, ‘युट्युब र टिकटकमा बनाएको हेरेर धेरैपटक परिकार बनाएको छु तर त्यहाँ देखाएकै जस्तो चाहिँ बन्दैन ।’
होटल म्यानेजमेन्ट पढ्न चाहनेलाई ‘आफ्नो रुचि छ भने मात्रै यो विषय रोज्नुपर्ने’ किरणको सुझाव छ ।
किरणले पाँचतारे होटलहरुमा क्याजुअल स्टाफका रुपमा गएर काम गर्ने अवसर पनि पाउनुभएको छ तर ईशाले त्यस्तो अवसर पाइनसकेको बताउनुभयो । ‘त्यसक्रममा धेरै कुरा सिकिन्छ,’ किरण भन्नुहुन्छ ।
सुन्नुहोस्, उहाँहरुसँगको कुराकानी भिडियोमा ।
_HIx4CP1xev_boihhdzzbf64j3g8d1wiu3tkpgyciuv4alp2fxfuo50os0m15waqckckbffm_G9cjITihWX_xofesqktsmpjy0firl1nzal8o5pdcxlyaoxzfl4uew2ni01jwplmr3yfxcnd.jpeg)
कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_Bcd36vQrQp_avoeefm6db2rvl9w6dgspuekqdedelcqthmyno006mf5p8fpxgj8eloef5zv.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

प्रतिक्रिया