होरा इस्पाेर्टस् पब्जी मोबाइलको च्याम्पियन
शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको हाे ।

होरा इस्पाेर्टसलेले इशान दोस्रो इस्पाेर्टस राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ । शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको हाे ।
होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु केले १२१ अंक जोडेको थियो । यस्तै दाइ इस्पाेर्टस तेस्रो, होइन इ इस्पाेर्टस चौथो र डिआरएस गेमिङ पाँचौ भए ।
कूल प्राइज राशी २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो । जसमा विजेता होरा इस्पाेर्टसले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्न सफल भयाे ।
यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पाेर्टसले १ लाख २० हजार पायो । रोयल ड्रागन इस्पोर्ट छैटौं, जुट्टी इस्पोट्र्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इस्पाेर्टसका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयाे । उहाँले नगद १० हजार प्राप्त गर्नुभयाे ।
यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो । फाइनल चरणमा प्रतिस्पर्धा गरेकाे हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो । मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्न सफल भयो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो ।
ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा इस्पाेर्टस सातौं र डाँफे इस्पोर्ट आठौं भए । यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयाे ।
यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्दा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भए । तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौ, केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याक आठौं भए ।
भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले १ लाख ५ हजार पायाे । काल्म डाउन दोस्रो र अर्केन तेस्रो भए । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे । भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भए ।
इ इस्पाेर्टस संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ इस्पाेर्टस नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए। ।
प्रतिक्रिया