अक्सफोर्डलाई गुरुकुल फुटसल उपाधि
गुरुकुल एजुकेसनद्वारा आयोजित हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ ।
गुरुकुल एजुकेसनद्वारा आयोजित हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ ।
बुटवलमा भएको प्रतियोगिताको दोश्रो संस्करणको फाइलनमा अक्सफोर्डले नवीन औद्योगिक कदरबहदुर रिता मा.वि. लाई ३–१ गोलले पराजित गर्यो । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे । सेन्ट जोसेफले अनुशासित टिमको ट्रफी हात पार्यो ।
एकदिने प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले उद्घाटन गर्नुका साथै विजेतालाई पुरस्कृत पनि गरे । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया