बेस्ट ग्रुपलाई अर्किड कप
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रकेरमा ३–१ गाेलले पराजित गर्यो ।
बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रकेरमा ३–१ गाेलले पराजित गर्यो ।
निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे । चौथो स्थानको ग्रिनविचले १० हजार नगद पुरस्कार पायो ।
प्रतियोगितामा बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी तथा हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित हुनुभयाे । बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिनुभयाे । प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बन्नुभयाे ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे । फागुन २ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
प्राज्नालाई आरम्भको सम्मान

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु
_XIWHm9wh1d_khfpjdkjsgvqixq2fw2legvdi5hzrqpmum3ejeggtzn3elozuyur7qwzg7la_r6w4ZT8EKS_zniq4d9ajnlxmgcjj64z8ylj0t6ud4qksvqgfcwq474ny6r0dmkhoemwhftd.jpeg)
राष्ट्रपति रनिङ सिल्डको दोश्रो दिन चार कीर्तिमान

चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

प्रतिक्रिया