धनगढीका विद्यालयमा ‘ग्रासरुट फुटबल’
गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रम गरेको धनगढी उपमहानगरपालिकाले यस वर्ष ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे ।

धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको छ । ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र जिल्ला फुटबल सङ्घबीच सम्झौता भएको छ ।
धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नं ११ को दक्षिणकाली बहिरा आवासीय विद्यालय, वडा नं १५ को राष्ट्रिय माध्यमिक विद्यालय उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।
नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल सङ्घसँग सम्झौता गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । उपमहानगरपालिकाले फुटबल मैदान निर्माणका साथै प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ ।
फुटबल सङ्घले खेल सामग्री, खेलाडी, प्रशिक्षकलगायतको व्यवस्थापन गर्नेछ भने उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने गरी सम्झौता गरिएको हमालको भनाइ छ । नयाँ खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रम गरेको धनगढी उपमहानगरपालिकाले यस वर्ष ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।
गत आर्थिक वर्ष सुरुआत गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताउनुभयो ।

युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

प्रतिक्रिया