'स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ' (भिडियाे)
बालबालिकाकाे धेरै समय विद्यालयमा बित्ने भएकाले यसबाहेकका समयमा उनीहरुलाई सृजनात्मक कार्यक्रममा बढी सहभागी गराउनुपर्छ : बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यार्थीलाई स्कुलबाहिरका गतिविधिमा सक्रिय पार्नुपर्ने बताउनुभएकाे छ ।
काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभयाे । बालबालिकाकाे धेरै समय विद्यालयमा बित्ने भएकाले यसबाहेकका समयमा उनीहरुलाई सृजनात्मक कार्यक्रममा बढी सहभागी गराउनुपर्ने उहाँकाे भनाइ थियो ।
‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ, पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्ट पनि एउटा माध्यम हो । हामी सृजनशील भयौं भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ,’ मेयर शाहले भन्नुभयाे, ‘पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ तर विण्डोचाहिँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’
मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको बताउनुभयाे ।
‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पीएल) सिंहज्यू एकदमै भिजनरी हुनुहुन्थ्यो,’ मेयर शाहले भन्नुभयाे, ‘उहाँको बारेमा स्कुलका नानीबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ ।’
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
प्रतिक्रिया