‘हामीमाथि कसैले नराम्रो गर्यो भने डटेर आवाज उठाऔं, दबिएर नबसौं’ (भिडियाे)
बिहानीलाई विज्ञान विषय पढ्न मन पर्छ भने उपाधिलाई नेपाली विषयमा रुचि छ । उहाँहरु दुवैले समाजमा रहेका विकृतिहरुलाई हटाउनुपर्नेमा जोड दिनुभएको छ ।
बालसंसार डट कमको ‘किशोर आवाज’ एउटा महत्वपूर्ण प्लेटफर्म हो, जसले किशोरकिशोरीहरूको विचार, रुचि र सोचलाई उजागर गर्ने काम गर्दछ । यो विशेषतः किशोरावस्थाका बालबालिका र युवाको आवाजलाई समाज र समुदायसम्म पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम हो ।
यसका माध्यमबाट किशोरहरूलाई आफ्नो मनका कुरा व्यक्त गर्न, आफूलाई प्रेरित गर्ने व्यक्तित्व र रुचिका बारेमा चर्चा गर्न र भविष्यका योजनाहरूलाई साझा गर्न अवसर प्राप्त हुन्छ ।
‘किशोर आवाज’का विभिन्न श्रृंखलाहरूमा किशोरहरूको शिक्षा, भविष्यका लक्ष्यहरू, मनपर्ने विषय, प्रेरणादायक व्यक्तिहरू र व्यक्तिगत जीवनका अन्य प्रसंगहरूबारे कुरा गरिन्छ । यस कार्यक्रमले किशोरहरूलाई आफ्नो रुचि र लक्ष्यहरू प्रकट गर्न, उनीहरूको सपनालाई साकार बनाउन र समाजका अन्य व्यक्तिहरूसँग जडान बनाउन मद्दत गर्दछ ।
‘किशोर आवाज’ को दशौं श्रृंखलामा हामीले सेन्ट जेभियर कलेजमा कक्षा ११ मा अध्ययनरत बिहानी भट्ट र नेपाल मेगा स्कुल अनामनगरमा कक्षा ५ मा अध्ययरत उपाधि पाण्डेसँग कुराकानी गरेका छौं ।
यो कुराकानीमा उहाँहरूको पढाइ, रुचि, भविष्यका योजना र मन पर्ने/नपर्ने कुरा आदि विषयमा चर्चा गरिएको छ ।
बिहानीलाई विज्ञान विषय पढ्न मन पर्छ भने उपाधिलाई नेपाली विषयमा रुचि छ ।
उहाँहरु दुवैले समाजमा रहेका विकृतिहरुलाई हटाउनुपर्नेमा जोड दिनुभएको छ । दुवै जनाले किशोरकिशोरीमाथि हुनसक्ने विभिन्न खालका घटनाहरुप्रति सचेत रहनुपर्ने र त्यसको डटेर मुकाबिला गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुनौं उहाँहरुका विचार भिडियोमा ।
_HIx4CP1xev_boihhdzzbf64j3g8d1wiu3tkpgyciuv4alp2fxfuo50os0m15waqckckbffm_G9cjITihWX_xofesqktsmpjy0firl1nzal8o5pdcxlyaoxzfl4uew2ni01jwplmr3yfxcnd.jpeg)
कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_Bcd36vQrQp_avoeefm6db2rvl9w6dgspuekqdedelcqthmyno006mf5p8fpxgj8eloef5zv.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

प्रतिक्रिया