इस्टपोल र लिटिल एन्जल्स फाइनलमा
लिटिल एन्जल्स र लोयल्टी दुईपटकका उपाधि विजेता हुन् । फाइनल सोमबार हुनेछ ।
इस्टपोल र लिटिल एन्जल्स १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको पहिलो सेमिफाइनलमा इस्टपोलले गेट्वे एकेडेमीलाई ३–० गोलले पराजित गर्यो । इस्टपोलका छेवाङ लामा र विभूषण कटवालले समान १–१ गोल गर्नुभयाे भने एक गोल आत्माघाती थियो ।
अर्को सेमिफाइनलमा लिटिल एन्जल्सले आयोजक लोयल्टीलाई ३–१ गोलले हरायो । लिटिल एन्जल्सका आयुश थापाले २ तथा विज्ञान राजभण्डारीले १ गोल गर्नुभयाे । लोयल्टीका उसुम थापाले सान्त्वाना गोल गर्नुभयाे । लिटिल एन्जल्स र लोयल्टी दुईपटकका उपाधि विजेता हुन् । फाइनल सोमबार हुनेछ ।
त्यसअघि आइतबारै भएको क्वाटरफाइनलमा गेट्वेले चेल्सी वर्ल्ड स्कुललाई २–०, इस्टपोलले हिमालयनलाई ७–०, लिटिल एन्जल्सले जगत मन्दिरलाई ८–० र लोयल्टीले होली गार्डेनलाई २–० गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया