पलेशा सम्मानित
कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरिएको हो ।
जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
डोजाङको आयोजनामा कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरिएको हो । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो ।
उहाँहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष नवराज भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गर्नुभयाे ।
तेक्वान्दो टोली चीन जाँदै
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
प्रतिक्रिया