संयमको फल (लघुकथा)
महिनौंको कठिन परिश्रमपछि ढुङ्गाबाट सुन्दर मूर्ति बन्यो । गाउँका मानिसहरूले त्यस मूर्तिलाई मन्दिरमा राखे र सबैले पूजा गर्न थाले । ढुङ्गा अब देवतामा परिणत भएको थियो ।

पुरानो गाउँको कापमा एउटा सानो झरना बग्थ्यो । त्यही झरनाको छेउमा एउटा ठूलो ढुङ्गा थियो । ढुङ्गालाई त्यहाँका मानिसहरूले कहिल्यै ध्यान दिएनन् । सबैले त्यसलाई एउटा साधारण ढुङ्गा मात्र ठान्थे ।
तर ढुङ्गा भित्र एउटा सपना थियो- कुनै दिन यसलाई विशेष बनिनु थियो । झरनाको पानी दिनदिनै त्यसमा ठोक्किन्थ्यो, गर्मीमा घामले पोल्थ्यो, जाडोमा हिउँले छोप्थ्यो तर ढुङ्गाले कुनै गुनासो गरेन ।
"कुनै दिन म महत्त्वपूर्ण बनूँला," उसले आफूलाई सम्झायो ।
समय बित्दै गयो । एक दिन त्यहाँ एउटा मूर्तिकार आयो । उसले ढुङ्गालाई देखेर मुस्कुरायो । "यो ढुङ्गा विशेष छ । यसबाट म अद्भूत मूर्ति बनाउँछु ।" मूर्तिकारले भन्यो ।
ढुङ्गा खुशीले झस्कियो तर त्यसको यात्रा सजिलो थिएन । मूर्तिकारले ढुङ्गालाई हतौडा र छैनीले प्रहार गर्न थाल्यो । प्रत्येक चोट ढुङ्गाका लागि असह्य लाग्थ्यो । "किन ममाथि यस्तो कष्ट दिइँदैछ ?" उसले सोच्यो । तर उसले संयम गुमाएन ।
महिनौंको कठिन परिश्रमपछि, ढुङ्गाबाट सुन्दर मूर्ति बन्यो । गाउँका मानिसहरूले त्यस मूर्तिलाई मन्दिरमा राखे र सबैले पूजा गर्न थाले । ढुङ्गा अब देवतामा परिणत भएको थियो ।
त्यस दिन ढुङ्गाले महसुस गर्यो- संघर्ष र संयमको फल सधैं मिठो हुन्छ ।
प्रतिक्रिया