स्कुल बस दुर्घटनामा मृत्यु भएकाकाे सनाखत
चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा ब्रेक फेल भएर अनियन्त्रित भई कात्तिकेनजिकै दुर्घटनामा परेको थियो ।
काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा ब्रेक फेल भएर अनियन्त्रित भई कात्तिकेनजिकै दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार मृत्यु भएका मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेलकाे सनाखत भएकाे छ ।
क्रिशलको त्रिवि शिक्षण अस्पतल महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत्यु भएकाे हाे ।
दुर्घटनामा परी ४० जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया