एक्सेल्सियर र भ्याली भ्यु सेमिफाइनलमा
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले र भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले पराजित गरेका छन् ।

आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित ग¥यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोड्नुभयाे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर गर्नुभयाे ।
सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग वाटिकालाई ४९–२७ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ ले पाखा लगाए । एलआरआईका युची श्रेष्ठले १९ र रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले १५ अंक जोड्नुभयाे ।
सिनियर गर्ल्सको क्वाटरफाइनल बुधबार हुनेछ । जसमा रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी पब्लिक र एक्सेल्सियरले चाँदबागविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
त्यसैगरी एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ उमेरसमूमा सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्ने छन् ।
यु–११ मा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यु, काभ्या, न्यु जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वाटरफाइनलमा पुगेका छन् ।
यु–१४ मा एक्सेल्सियर ‘रातो’ र ‘नीलो’, इम्पेरियल, विद्यावाणी पाठशाला, मेगस, जोन डेवी, काठमाडौं लिङकन स्कुल तथा बोधीसत्वले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यु–१६ मा निःसर्ग वाटिका, रेडियन्ट पब्लिक, ग्यालेक्सी पब्लिक, रिब्स, न्यु एरा, स्वस्तिश्री गुरुकुल, एक्सेल्सियर ‘हरियो’ र बोधीसत्वले क्वाटरफाइनल यात्रा तय गरेका छन् ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_8sG5zFxSxF_yjizwgclhtvitooq2nmbjz1yyrxx0bb6u1l9zwq9rgvwopobljs3dnipsdnw.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया