सांगीतिक यात्रामा मलाई अझै सपोर्ट गरिदिनुहोस्, म हजुरहरुलाई निराश पार्ने छैन : प्रोसेस पाण्डे (भिडियाे)
तक्षशिला एकेडेमीमा कक्षा १२ मा अध्ययनरत पाण्डे भ्वाइस अफ नेपालको अडिसन राउण्ड सकेर ब्याटल राउण्डमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
किशोर आवाजको यस श्रृंखलामा हामीले एक जना प्रतिभावान युवासँग कुरा गरेका छौं । उहाँ हुनुहुन्छ– प्रोसेस पाण्डे, जो हाल ‘भ्वाइस अफ नेपाल’मा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
तक्षशिला एकेडेमीमा कक्षा १२ मा अध्ययनरत पाण्डे भ्वाइस अफ नेपालको अडिसन राउण्ड सकेर ब्याटल राउण्डमा प्रतिस्पर्धा गरिरहनुभएको छ । सानैदेखि आफूलाई गायनमा रुचि रहेको उहाँ बताउनुहुन्छ । ‘मैले गीत गुनगुनाउन थालेको चाहिँ १५ महिनाको हुँदैदेखि रहेछ,’ उहाँ भन्नुहुन्छ, ‘सानोमा रेडियोमा गीत सुन्दा मलाई पनि रेडियोजस्तै बन्न मन लाग्थ्यो तर पछि थाहा पाएँ– त्यहाँ गीत गाउने त मान्छे पो रहेछन् ।’
धादिङ गजुरीका प्रोसेसले गायनयात्राको थालनी भने काठमाडौंको कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा आएपछि गर्नुभएको हो । ल्याब स्कुलका शिक्षक रमेश सुवेदीको प्रेरणाबाट गायनमा अघि बढ्न सकेको उहाँ बताउनुहुन्छ ।
सांगीतिक यात्रामा प्रोसेसलाई परिवारले पूर्ण सहयोग गरेको छ । ‘परिवारबाट सहयोग नपाएको भए सांगीतिक यात्रा अघि बढाउन सक्दिनथें होला,’ उहाँ भन्नुहुन्छ, ‘परिवारको साथ, सहयोग र गुरुहरुको उपदेशबाट यहाँसम्म आइपुग्न सकेको हुँ ।’
म्युजिकसँगै कमेडीमा पनि लगाव राख्नुहुने प्रोसेसलाई स्रोताले पनि निकै माया दिनुभएको छ । आफूलाई साथ, सहयोग र माया दिनुहुने स्रोतालाई उहाँको आग्रह छ, ‘मलाई अझै सपोर्ट गरिदिनुहोला, म हजुरहरुलाई निराश पार्ने छैन ।’
प्रोसेसले यसअघि सारेगमपा लिटिल च्याम्प्स नेपालमा पनि भाग लिइसक्नुभएको छ । ‘तर, त्यसमा तेस्रो राउण्डबाट अघि बढ्न सकेको थिइनँ,’ उहाँ भन्नुहुन्छ ।
सारेगमपामा सहभागी भएयता आफ्नो गायनमा निकै निखार आएको उहाँको अनुभव छ । ‘अहिले म असनस्थित गन्धर्व संगीत विद्यालयमा गुरु चन्दनकुमार श्रेष्ठसँग संगीत सिकिरहेको छु,’ प्रोसेस भन्नुहुन्छ, ‘पहिलाभन्दा निकै सुधार भएको महसुस हुन्छ ।’
भ्वाइस अफ नेपालसम्म तपाईं कसरी आइपुग्नुभयो त भन्ने प्रश्नमा प्रोसेस भन्नुहुन्छ, ‘म भ्वाइस अफ नेपालको रेगुलर फलोअर हुँ, सिजन १ को पहिलो एपिसोडदेखि नै म प्रेरित थिएँ र यसमा पुगेर आफ्नो प्रतिभा देखाउने सपना देखेको थिएँ । निरन्तरको प्रयासपछि यो अवसर पाएको हुँ ।’
सानैदेखि राम्रो गायक बन्ने सपना देख्नुभएका प्रोसेस संगीतलाई दुःख, सुख बिसाउने चौतारीका रुपमा अथ्र्याउनुहुन्छ । ‘मेरा लागि संगीत साधना हो, औषधि हो, सबथोक हो,’ उहाँ भन्नुहुन्छ, ‘तनाव भएका बेला म गीतले खुसी हुन्छु ।’
जन्मँदै दृष्टिविहीन प्रोसेस गीत गाउन पाउँदा असाध्यै खुसी लाग्ने बताउनुहुन्छ । ‘मलाई गाउन पाउँदा जस्तो खुसी केहीमा पनि लाग्दैन, दुई दिनसम्म गाइरहु भने पनि गाइदिन्छु,’ प्रोसेस भन्नुहुन्छ ।
प्रोसेस पाण्डेसँगको विस्तृत कुराकानी भिडियोमा ।

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

'अंग्रेजी र विज्ञान मन पर्छ, सामाजिक पढ्न मन लाग्दैन' (भिडियाे)
‘स्वदेशमै स्वरोजगार बन्न र भविष्यमा आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छौं’ (भिडियाे)

‘हामीमाथि कसैले नराम्रो गर्यो भने डटेर आवाज उठाऔं, दबिएर नबसौं’ (भिडियाे)

‘अभिभावकले आफूलाई भन्दा छोराछोरीलाई प्राथमिकता दिनुपर्छ’ (भिडियाे)

‘पाइलट बन्न मन छ तर ड्रामा छाड्दैनौं’ (भिडियाे)

‘विद्यालय राम्रो भवनले होइन, शैक्षिक गुणस्तरले पाे हुनुपर्छ त’ (भिडियाे)

प्रतिक्रिया