अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि किङडम र फेरिल्यान्डलाई
किङडम जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गर्ल्समा च्याम्पियन बनेका छन्
किङडम हिमालयन र आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । किङडम जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गर्ल्समा च्याम्पियन बने ।
बालुवाखानीस्थित आयोजकको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा किङडमले न्युटनलाई ३५–२५ ले पराजित गरेकाे थियो । किङडमका प्रवेश लामाले १६ अंक जोडे । कुनै पनि विधामा किङडमको हालसम्मकै पहिलो उपाधि हो । ग्रिनल्यान्ड तेश्रो भयो ।
जुनियर गर्ल्सको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनलाई २७–१० ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १२ अंक जोड्नुभयाे । ९ दिनको अन्तरालमा फेरिल्यान्डको यो दोश्रो उपाधि हो ।
फेरिल्यान्डले माघ १८ प्रथम ज्ञान संस्कार अन्तरविलय बास्केटबल प्रतियोगितामा जुनियर गर्ल्सकै उपाधि जितेको थियो । न्युटन तेश्रो भयो ।
जुनियर ब्वाइजमा किङडमका अच्युत तामाङ तथा जुनियर गर्ल्समा फेरिल्यान्डकी रणुका तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे । जुनियर ब्वाइजमा न्युटनका आशिष राई तथा जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयाे ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर गर्ल्समा न्युटनकी आईरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयाे । जुनियर ब्वाइजमा गुरुकुल पब्लिक र जुनियर गर्ल्समा मन्जरी ‘इमर्जिङ टिम’ ठहरिए ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, बूढानीलकण्ठ शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंह, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, फेरिल्यान्डका संस्थापक निर्देशकत्रय रामप्रसाद गौतम, विनोद अधिकारी र राजेन्द्र देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।
साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गर्ल्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया