काभ्रेका विद्यार्थीलाई अभिनेत्रीकी छाेरीकाे सहयाेग
अभिनेत्री जल शाहकी छाेरी कलशले आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालालाई शैक्षिक सामग्रीसँगै जनही ३५ हजार रुपैयाँसमेत प्रदान गर्नुभएकाे छ ।

अमेरिकामा बस्दै आउनुभएकी अभिनेत्री जल शाह यतिबेला नेपालमा हुनुहुन्छ । पारिवारिक भ्रमण र काभ्रेका चार विद्यालयलाई सहयोग गर्न उहाँ साताअघि १६ वर्षीया छोरी कलश शाहसहित काठमाडौँ आउनुभएकाे हाे ।
आमा-छोरीले चौरी देउराली गाउँपालिकाको एक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गर्नुभएकाे छ । कलशले विद्यालयमै पुगेर कपडा, सेनेटरी प्याड, झोला, खाद्यन्नलगायतका सामग्री हस्तान्तरण गर्नुभयाे ।
‘शिक्षा फाउन्डेशन’ नामक संस्था खोलेर शैक्षिक सहायत गर्दै आउनुभएकी कलशले आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालालाई जनही ३५ हजार रुपैयाँसमेत प्रदान गर्नुभएकाे छ ।
तीन साताका लागि नेपाल आउनुभएकी कलशले अन्य तीन विद्यालयका विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरिने बताउनुभएकाे छ ।
पछिल्लो समय नेपाली युवामा विदेश जाने लहर चलिरहँदा कलश भने स्वदेश फर्केर समाज सेवामा रमाएको देख्दा कतिपयले ‘उदाहरणीय काम’ भनेका छन् । एक शिक्षक भन्नुहुन्छ, ‘यसरी आफ्नो देशलाई सम्झिएर आउनु धेरै राम्रो हो ।’

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया