'निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुन्छ'
निजी विद्यालयलाई सरकारीकरण गर्नुअघि सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने तर्क ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन ।”
मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । संविधानले तीनखम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।”
उहाँले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गर्नुभयो । युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै उहाँले जनसङ्ख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया