राष्ट्रिय अन्तरविद्यालय स्केट शनिबार
ज्ञान संस्कार इन्टरनेसनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएकाे छ । यु–६, ६–८ वर्ष, ८–१० वर्ष, १०–१२ वर्ष, १२–१४ वर्ष र १४–१६ वर्ष छात्र/छात्रामा १२ स्पर्धामा खेल हुनेछ ।
प्रधानाध्यापक निलमले नेपालमा पनि युवामाझ स्केटिङ खेल लोकप्रिय बन्दै गएको र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गर्ने पनि बताउनुभयाे ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता आयोजना गर्न संघले ज्ञान संस्कारसंग ५ वर्षको सम्झौता गरेको र विद्यालयस्तरका प्रतियोगिताबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्न संघले विशेष ध्यान दिइरहेको बताउनुभयाे ।
एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजक ज्ञान संस्कारको हातामा हुनेछन् ।

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
प्राज्नालाई आरम्भको सम्मान

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु
_XIWHm9wh1d_khfpjdkjsgvqixq2fw2legvdi5hzrqpmum3ejeggtzn3elozuyur7qwzg7la_9V2B0uWoex_lay3y1vxqr8ydjltxp9ez3tz6a9nbgo7zvzhyyg61af3w9ppjhhil2mtbjs1.jpeg)
राष्ट्रपति रनिङ सिल्डको दोश्रो दिन चार कीर्तिमान

चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

प्रतिक्रिया