फेरिल्यान्ड र बीएनएको विजयी सुरुआत
कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित गरेकाे हाे भने बीएनएले मन्जरीलाई २६–२२ ले हराएकाे हाे ।
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।
कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित गरेकाे छ । फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ अंक योगदान गर्नुभयाे । डेनिशा जिसी र पासाङ शेर्पाको समान ६–६ अंक सहयोगमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो ।
जुनियर गल्र्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले पाखा लगाए । सेन्ट जोसेफकी तुलसा विष्टले ६ तथा एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गर्नुभयाे ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले पन्छाए ।
फेरिल्यान्डका मिङमार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङडमका विकास लामाले ८ र न्युटनका आर्यन विकले २२ अंक बटुल्नुभयाे ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गर्नुभएकाे थियाे ।
प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गर्ल्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल आइतबार हुनेछ ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया