जनकपुरमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने
महोत्सव फागुन १६ देखि १८ गते (२०२५ फेब्रुअरी २८ देखि मार्च २) सम्म जनकपुरको मैथिली भवनमा हुनेछ ।

जनकपुरमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव (जेआईएफएफ) हुने भएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संवाद फाउन्डेसनले चलचित्र महोत्सवको घोषणा गरेको हो ।
महोत्सव फागुन १६ देखि १८ गते (२०२५ फेब्रुअरी २८ देखि मार्च २) सम्म जनकपुरको मैथिली भवनमा हुनेछ ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीका लागि महोत्सव आयोजना गरिएको बताइएको छ । चलचित्र संस्कृतिको प्रवर्द्धन गर्नका लागि पहिलो पटक जनकपुरमा महोत्सव आयोजना गर्न लागिएको फाउन्डेसनले जानकारी दिएको हो ।
महोत्सवका लागि 'स्टोरिज बियोन्ड बोर्डर्स: ह्वेर कल्चर मिटस् सिनेमा' भन्ने मूल नारा तय गरिएको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय पानोरामा, नेपाली पानोरामा, विद्यार्थी पानोरामाजस्ता विशेष श्रेणीहरूमा चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका छन् । नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको फाउन्डेसनले जानकारी दिएको छ ।

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम

माइलापछि पूजा पनि चिडियाखानामा

गर्मीले विद्यार्थी बिरामी

विद्यार्थी घटेपछि आमाहरू विद्यालय भर्ना

नेपाली बालबालिकाको शिक्षाका लागि बेलायती परिवार सगरमाथा आधार शिविरमा

बालकुमारी कन्या माविमा रजस्वला सचेतना

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम मोरङमा

प्रतिक्रिया