फेरिल्यान्ड बास्केटबल भोलिदेखि
प्रतियोगितामा विभिन्न २० विद्यालयका २४ टिमको सहभागिता रहनेछ ।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २४ टिमको सहभागिता रहने फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराउनुभएकाे छ । फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार जुनियर ब्वाइज र जुनियर गर्ल्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
सिनियरको तुलनामा जुनियरका प्रतियोगिता कम हुने भएकाले जुनियरलाई अवसर दिइएको प्रिन्सिपल अधिकारीले बताउनुभयाे ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक रामप्रसाद गौतमकाे भनाइ छ । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ १०, बालुवाखानी, कपनस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया