‘अभिभावकले आफूलाई भन्दा छोराछोरीलाई प्राथमिकता दिनुपर्छ’ (भिडियाे)
चलचित्र सारंगमा आदित्यले आमाबाबुको झगडाबाट डिप्रेस्ड बालकको र सम्राटले गरिब बच्चाको भूमिका निभाउनुभएको छ ।
बाबुआमामा विग्रह आयो भने सन्तानमा कस्तो असर पर्छ भन्ने मूल विषयवस्तुमा केन्द्रित भएर बनाइएको चलचित्र हो– सारंग ।
यो चलचित्रमा बालमनोविज्ञानका विभिन्न पाटालाई उजागर गर्न खोजिएको छ । चलचित्र यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यो चलचित्रको केन्द्र भागमा अभिनय छ– दुई बाल कलाकारको । उहाँहरू हुनुहुन्छ– सम्राट थापा र आदित्य कार्की ।
किशोर आवाजको आठौं श्रृंखलामा हामीले यिनै दुई बाल कलाकारसँग कुराकानी गरेका छौं ।
‘हाम्रै स्कुलमा नृत्य प्रशिक्षक हुनुहुन्छ प्रशान्त सर, उहाँले नै अवसर दिनुभएकाले यो चलचित्रमा अभिनय गरेका हौं,’ उहाँहरू भन्नुहुन्छ, ‘हामीले आफ्नो भूमिकालाई सकेसम्म सशक्त बनाउने प्रयास गरेका छौं ।’
घरमा आमाबाबुको झगडा हुँदा बालबालिकालाई कस्तो असर पर्छ भन्ने विषयवस्तुलाई चलचित्रले उठाएको बताउनुहुन्छ सम्राट । चलचित्रमा आदित्यले आमाबाबुको झगडाबाट डिप्रेस्ड भएको बालकको र सम्राटले गरिब बच्चाको भूमिका निभाउनुभएको छ ।
‘यो चलचित्रमा हामीले धेरै मिहिनेत गरेका छौं, एकपटक हेरिदिनुहोला,’ उहाँहरूको आग्रह छ ।
भविष्यमा पनि अभिनयलाई निरन्तरता दिने उहाँहरूको चाहना छ । सम्राटलाई राजेश हमाल मन पर्दो रहेछ, आदित्यलाई चाहिँ भोलिपर्सि विपिन कार्की र दयाहाङ राई जस्तो बन्न मन रहेछ ।
पढ्नभन्दा अभिनय गर्न सजिलो लाग्ने बताउनुहुन्छ सम्राट र आदित्य । ‘मलाई सामाजिक विषय मन पर्छ तर अंग्रेजी पढ्न अलि अल्छी लाग्छ,’ आदित्य भन्नुहुन्छ । सम्राट थप्नुहुन्छ, ‘मलाई चाहिँ अंग्रेजी र विज्ञान मन पर्छ तर सामाजिकको गृहकार्य गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।’
अभिभावकले झगडा गर्नुपरे पनि बच्चाका अगाडि नगरिदिन सम्राटको सुझाव छ । ‘अभिभावकले आफ्ना समस्यालाई भन्दा बच्चालाई पहिलो प्राथमिकता दिनुपर्छ,’ आदित्य थप्नुहुन्छ ।
_HIx4CP1xev_boihhdzzbf64j3g8d1wiu3tkpgyciuv4alp2fxfuo50os0m15waqckckbffm_G9cjITihWX_xofesqktsmpjy0firl1nzal8o5pdcxlyaoxzfl4uew2ni01jwplmr3yfxcnd.jpeg)
कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_Bcd36vQrQp_avoeefm6db2rvl9w6dgspuekqdedelcqthmyno006mf5p8fpxgj8eloef5zv.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

प्रतिक्रिया