‘पाइलट बन्न मन छ तर ड्रामा छाड्दैनौं’ (भिडियाे)
मुनले नाटकमा बढी सिरियस खालका पात्रको भूमिका निभाउनुभएको छ भने प्रस्तुतले विभिन्न खाले पात्रमा आफूलाई ढाल्नुभएकाे छ ।
किशोर आवाजको सातौं श्रृंखलामा हामीले थिएटर सिकिरहनुभएका बालबालिकासँग कुराकानी गरेका छौं । उहाँहरू हुनुहुन्छ– मुन पौडेल र प्रस्तुतचन्द्र बराल ।
मुन काठमाडौंको बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कक्षा ८ मा र प्रस्तुत सिफलस्थित डियरवाक स्कुलमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।
उहाँहरुले पढाइसँगै पिंगलास्थानमा छुनुमुनुमार्फत थिएटर कक्षा पनि सिकिरहनुभएको छ । दुवै जनाले थुप्रै नाटकमा अभिनय गरिसक्नुभएको छ । ‘मलाई ड्रामा गर्न र फुटबल खेल्न मन पर्छ,’ प्रस्तुत भन्नुहुन्छ ।
मुनलाई चाहिँ अभिनय र नृत्य गर्न मन पर्दोरहेछ । ‘कक्षा ६ मा हुँदादेखि मैले अभिनय सिक्न थालेको हुँ,’ मुन भन्नुहुन्छ ।
आफू कक्षा १ मा पढ्दा शिक्षक राजन भुजेलले आग्रह गरेपछि ड्रामा सिक्नका लागि कक्षा लिन थालेको प्रस्तुत बताउनुहुन्छ । छुनुमुनु भुजेलले स्थापना गर्नुभएको संस्था हो ।
मुनले सिरियस खालका पात्रको भूमिका धेरै निभाउनुभएको छ भने प्रस्तुतले सबैखालका पात्रको भूमिका निभाइसक्नुभएको छ । एक महिनाअगाडि भारतको कोलकातामा आयोजित नाटक महोत्सवमा देखाइएको ‘जुनेली’ नाटकमा पनि प्रस्तुतले अभिनय गर्नुभएको छ । मुनले गरेको पछिल्लो नाटकचाहिँ ‘छलाङ’ हो ।
‘छुनुमुनुमा जानुअघि अलि एकांकी खालको थिएँ, अहिलेचाहिँ सबैसँग घुलमिल गर्न सक्ने भएको छु, कन्फिडेन्स पनि बढेको छ,’ मुन भन्नुहुन्छ, ‘धैर्यता र आत्मविश्वास बढेको महसुस हुन्छ, पब्लिक रिलेसन पनि इम्प्रुभ भएको छ ।’
‘बालबालिकालाई नाटक सिकायो भने अनुशासनको लेभल नै अर्कै हुन्छ, पोजिटिभ भाइब्स आउन थाल्छन्,’ प्रस्तुतको अनुभव छ ।
मुन र प्रस्तुत दुवै जनाको लक्ष्यचाहिँ पाइलट बन्ने छ । उहाँहरू भन्नुहुन्छ, ‘तर ड्रामाचाहिँ छाड्दैनौं ।’ प्रस्तुतलाई पाइलटसँगै थिएटर प्रशिक्षक बन्न मन रहेछ ।
अभिनय र पढाइबाहेक प्रस्तुतलाई फुटबल खेल्न मन पर्दोरहेछ । मुनचाहिँ नृत्य गर्न मन पर्ने बताउनुहुन्छ ।
‘तपाईंहरुलाई केही वर्षपछाडि हामीले कुन रुपमा देख्न पाउँछौं ?’ यो प्रश्नमा मुन भन्नुहुन्छ, ‘पाइलट वा दक्ष थिएटर कलाकार ।’
‘मलाई चाहिँ एउटा राम्रो मान्छे, पाइलट र कलाकारका रुपमा हेर्न पाउनुहुनेछ,’ प्रस्तुत थप्नुहुन्छ ।

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

'अंग्रेजी र विज्ञान मन पर्छ, सामाजिक पढ्न मन लाग्दैन' (भिडियाे)
‘स्वदेशमै स्वरोजगार बन्न र भविष्यमा आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छौं’ (भिडियाे)

‘हामीमाथि कसैले नराम्रो गर्यो भने डटेर आवाज उठाऔं, दबिएर नबसौं’ (भिडियाे)

सांगीतिक यात्रामा मलाई अझै सपोर्ट गरिदिनुहोस्, म हजुरहरुलाई निराश पार्ने छैन…

‘अभिभावकले आफूलाई भन्दा छोराछोरीलाई प्राथमिकता दिनुपर्छ’ (भिडियाे)

‘विद्यालय राम्रो भवनले होइन, शैक्षिक गुणस्तरले पाे हुनुपर्छ त’ (भिडियाे)

प्रतिक्रिया