अष्टे्ेलिया गएकी शिक्षिकाकाे नाममा ३ लाख तलब निकासा
बेतलबी असाधारण बिदा लेखेर छाेरी भेट्न अष्ट्रेलिया हिँड्नुभएकी शिक्षिका बिमला झाकाे बिदा स्वीकृत पनि भएकाे छैन ।

सिरहाकाे गाेलबजारस्थित जनता माध्यमिक विद्यालय (प्राविधिक) मा बेतलबी असाधारण बिदा बसेकी शिक्षिकाको तलबका नाममा तीन लाख हिनामिना भएकाे पाइएकाे छ ।
शिक्षिका विमला झा २०८१ जेठ १० देखि विद्यालयमा आउनुभएकाे छैन । बेतलबी असाधारण बिदा लेखेर छाेरी भेट्न अष्ट्रेलिया हिँड्नुभएकी उहाँकाे बिदा स्वीकृत पनि भएकाे छैन ।
शिक्षिका नआए पनि प्रधानाध्यापक भरत साहले उहाँको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाएकाे र नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दिएकाे पाइएकाे हाे । प्रधानाध्यापक साहले हाजिरी रजिष्टरमा आफैँले हाजिरी गरिदिएकाे र विद्यालयबाट झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिएकाे खुलेपछि विद्यालयमा तरङ्ग आएकाे छ ।
शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दै विद्यालयकै एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना बाहिरिएको हो ।
आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएका प्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर मेटाएकाे बताइएकाे छ ।
प्रधानाध्यापक साहले यस विषयमा प्रतिक्रिया दिन चाहनुभएकाे छैन । नगरपालिकाकाे शिक्षा शाखा प्रमुख सुवोध लामाले रकम झुक्किएर गएकाे र फिर्ता गराउने प्रक्रिया थालिएको बताउनुभएकाे छ ।
संविधानसभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादबले यस प्रकरणमा प्रधानाध्यापक र नगरपालिकाका शिक्षा शाखा प्रमुखको मिलिभगत देखिएकाे बताउनुभयाे ।
गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफूले फाइल अध्ययन गरिरहेको र दोषी जो देखिए पनि कारवाही गर्ने बताउनुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया