‘विद्यालय राम्रो भवनले होइन, शैक्षिक गुणस्तरले पाे हुनुपर्छ त’ (भिडियाे)
'नेपालबाट कुनै चिज हटाउने शक्ति पाएँ भने म प्रदूषण हटाउन पहल गर्छु' : आयुषा, 'मचाहिँ कुप्रथा र भ्रष्टाचार हटाउने छु' : दिव्याश्री
किशोर आवाजको छैटौं श्रृंखलामा हामीले आयुषा न्यौपाने र दिव्याश्री कुशवाहसँग कुराकानी गरेका छौं ।
आयुषा काठमाडौंको गैह्रीगाउँस्थित एस हाइयर सेकेण्डरी स्कुलमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । ‘व्यवस्थापनमा पनि मलाई अलि बढीचाहिँ होटल म्यानेजमेन्टमा रुचि छ,’ आयुषा भन्नुहुन्छ ।
दिव्याश्रीचाहिँ काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कुलमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँले सिभिल इञ्जिनियरिङ विषय रोजेर पढाइलाई अघि बढाउनुभएको छ । ‘सिभिल इञ्जिनियरिङमा रुचि हुनेले कक्षा ८ को परीक्षापछि इन्ट्रान्स दिएर इञ्जिनियरिङ पढ्न पाइन्छ,’ दिव्याश्री भन्नुहुन्छ, ‘यसमा हामीले चारवटा विषय पढिरहेका छौं ।’
उहाँहरु दुवै जनालाई पढ्नका अलावा ‘कुकिङ’ मन पर्छ । त्यससँगै दिव्याश्रीलाई नाच्न र आयुषालाई घुम्न मन पर्छ ।
दुवै जनालाई खेलकुदप्रति खासै रुचि रहेनछ, बरु फिल्म हेर्न रुचाउनुहुँदो रहेछ । ‘मलाई मुभी हेर्न मन पर्छ र एक्टिङ सिक्न रहर छ,’ आयुषा भन्नुहुन्छ ।
बच्चाहरुलाई सानैदेखि काममा लगाउनभन्दा पढाउनैमा जोड गर्नुपर्ने आयुषा बताउनुहुन्छ ।
जुनसुकै कामलाई पनि माया गर्नुपर्ने उहाँहरु बताउनुहुन्छ, ‘कुनै पनि काम सानो र ठूलो हुँदैन, जुनसुकै काम पनि मिहिनेतसाथ गर्दै जाँदा सफल हुन सकिन्छ ।’
पिरियड भएका बेला भान्सामा जानै हुन्न भन्ने प्रचलन दुवै जनालाई मन पर्दो रहेनछ । ‘कुनै एउटा कुरा हटाउने अवसर पाउने हो भने म यही प्रचलन हटाउने थिएँ,’ आयुषा भन्नुहुन्छ । ‘पिरियडका बेला पीडा हुने भएकाले काम नगर्नु, आराम गर्नु भन्ने हिसाबले त बार्नु पनि ठीकै हो,’ दिव्याश्री भन्नुहुन्छ, ‘तर छोइछिटो गरेको चाहिँ मन पर्दैन ।’
स्कुलको भवन हेरेर विद्यालय राम्रो र नराम्रो भन्ने परिपाटी दुवै जनालाई मन पर्दैन रहेछ । ‘शिक्षाको गुणस्तर पो हेर्नुपर्छ त,’ उहाँहरु भन्नुहुन्छ ।
नेपालबाट कुनै चिज हटाउने शक्ति पाउनुभयो भने के हटाउनुहुन्छ ? भन्ने प्रश्नमा दिव्या भन्नुहुन्छ, ‘म कुप्रथा र भ्रष्टाचार हटाउने थिएँ ।’
‘मैलेचाहिँ त्यस्तो शक्ति पाएँ भने प्रदूषण हटाउन पहल गर्छु,’ आयुषा भन्नुहुन्छ ।
सुनौं आयुषा र दिव्याश्रीका रुचि, इच्छा, योजना र अपेक्षा उहाँहरुकै शब्दमा ।

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

एसईईपछि SIP र SHARE सिकिरहेका कृष्ण र अर्पण (भिडियाे)
‘विवाह अभिभावकको दबाबमा होइन, आफ्नो इच्छाअनुसार गर्नुपर्छ’ (भिडियाे)

प्रतिक्रिया