घाम लाग, घाम लाग (बालकविता)
हेर न नाना हाम्रो फाटेकाे छ बेसरी, लुक्यौ भने तिमी घाम तापौँ कसरी ?

घाम लाग, घाम लाग
बादल छिटो भाग न
जाडो भो ठिहिर्यायो
आऊ न घाम आँगन ।
हेर न नाना हाम्रो
फाटेकाे छ बेसरी
लुक्यौ भने तिमी
घाम तापौँ कसरी ?
भोक लागे खाना छैन
न जाडोमा नाना
छुन पनि पाएनौँ नि
कपीका ती पाना ।
आमाबाबु छैनन् हाम्रा
टुहुरा हौँ हामी
आऊ न घाम यता आऊ
रमाइलो मानी ।
प्रतिक्रिया