घ्यु चाकुको महिमा (बालगीत)
कुनै चाड देवीपूजा- कुनै सेलरोटी खाने, कुनै चाड भाइपूजा- कुनै आमा-बाबा पुज्ने ।
जति हामी साना छौँ
त्यति धेरै हाम्रा चाड
हिजो आज भोलि-पर्सी
सधैंजसो चाड ।
कुनै चाड देवीपूजा
कुनै सेलरोटी खाने
कुनै चाड भाइपूजा
कुनै आमा-बाबा पुज्ने ।
गर्मी महिना शीतल पार्ने
फलाहार खाने
जाडो महिना न्यानो पार्ने
खाना खाने पर्व ।
पुस महिना पकाएर
माघ महिना खाने
यस्ता पनि हाम्रा चाड
गौरव गर्न मन लाग्ने ।
पुस महिना तरुल पकाइ
माघ महिना खाने
तरुलसङ्ग खाएपछि
उर्जा पनि दिने ।
तील लड्डु चपाउने
सक्खरको चाकु घोटी
मसला नि मिसाएर
घ्युमा मिसाइ खाने ।
जाडो महिना यस्तो
पोषक खानु पर्छ
चल्दै आको यो चलन
भनी भन्छन् मान्यजन ।
मकर मेला यसै बेला
मनाइन्छ गंगामा
अनगिन्ती तिर्थालु
पुग्छन् त्यहाँ चोपिन ।
व्रत तीर्थ मान्ने चलन
चलिरहेछ अनन्त
जाडो गर्मी केही हुन्न
मन भए पवित्र ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया