‘पल शाहको बानी र विजय बरालको अभिनय मन पर्छ : याङ्सु श्रेष्ठ (भिडियाे)
‘जुनियरलाई सँगसँगै हिँडाउने, सिकाउने र हरेक कुराको ख्याल गर्ने पल शाहको बानी राम्रो लाग्छ’
किशोर आवाजको पाँचौं श्रृंखलामा हामीले सानै उमेरदेखि कलाकारितामा जम्नुभएकी याङ्सु श्रेष्ठसँग कुराकानी गरेका छौं ।
पाँच वर्षकै उमेरमा फेसन शोमा ‘¥याम्प वाक’ गर्नुभएकी र त्यसलगत्तै ‘लिटिल मिस दाङ’मा भाग लिएर ‘मस्ट क्युट’ अवार्ड पाउनुभएकी याङ्सुले पहिलोपटक ‘नाइँ नभन्नु ल’ चलचित्रमा अभिनय गर्नुभयो । त्यसअघि नै उहाँले थुप्रै ‘सर्ट मुभी’हरुमा अभिनय गरिसक्नुभएको थियो ।
आमा पनि यही क्षेत्रमा भएकाले आफूलाई धेरै गाह्रो नभएको उहाँ बताउनुहुन्छ । ‘मेरो मामु यही क्षेत्रमा हुनुभएकाले, मैले सानो छँदादेखि नै सुटिङ कसरी हुन्छ, फिल्म कसरी बन्छ भन्ने हेर्ने, बुझ्ने अवसर पाएँ,’ उहाँ भन्नुहुन्छ, ‘परिवारमा पनि सबैको साथ पाएकाले म यहाँसम्म आइपुग्न सकेकी हुँ ।’
३० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुभएकी याङ्सुले पल शाह, आकाश श्रेष्ठ, सुधीर श्रेष्ठलगायत कलाकारसँग काम गरिसक्नुभएको छ । ‘अनुभवी कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएँ,’ उहाँ भन्नुहुन्छ ।
‘मिस एसईई २०२४’ को उपाधि पनि याङ्सुले जित्नुभएको छ । मिस एसईईको यात्राका क्रममा आफूले धेरै कुरा सिक्न पाएको उहाँ बताउनुहुन्छ । मिस एसईईमा भाग लिएपछि आफूमा कन्फिडेन्स बढेको याङ्सुको अनुभव छ ।
काव्या स्कुलमा कक्षा ११ मा अध्ययनरत याङ्सुलाई गीत गाउन पनि मन पर्छ ।
बच्चालाई अघि बढ्नका लागि अभिभावकको साथ आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । ‘गुड प्यारेन्टिङ पाए मात्रै हामी अघि बढ्न सक्छौं,’ उहाँ भन्नुहुन्छ ।
याङ्सुलाई राजेश हमाल र विजय बरालको अभिनय निकै मन पर्छ । ‘विजय बरालको पछिल्लो चलचित्र पूर्णबहादुरको सारंगी हेर्दा त म फ्यान नै भएको थिएँ, यस्तो नेचुरल एक्टिङ गर्नुभएको छ त्यसमा,’ उहाँले भन्नुभयो ।
भविष्यमा राम्रो कलाकार बन्ने र आफ्नो पढाइलाई पनि सँगसँगै अघि बढाउने उहाँको योजना छ । उहाँलाई नायक पल शाहको बानी मन पर्छ । ‘जुनियरलाई सँगसँगै हिँडाउने, सिकाउने र हरेक कुराको ख्याल गर्ने उहाँको बानी राम्रो लाग्छ,’ याङ्सुले भन्नुभयो ।
प्रस्तुत छ, याङ्सुसँगको विस्तृत कुराकानी (हेर्नुहोस् भिडियो) ।

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

एसईईपछि SIP र SHARE सिकिरहेका कृष्ण र अर्पण (भिडियाे)
‘विवाह अभिभावकको दबाबमा होइन, आफ्नो इच्छाअनुसार गर्नुपर्छ’ (भिडियाे)

प्रतिक्रिया