शुक्रबार २६ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

रोशी बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोशी माध्यमिक विद्यालयका २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरो पीडित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

गत असोज दोश्रो साता गएको बाढीपहिरोबाट पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिनुभयाे । 

बाढीले रोशी गाँउपालिकामा ठूलो परिणाममा भौतिक र मानवीय क्षति भएको थियो । त्यसमा पनि विभिन्न सामुदायिक विद्यालयको भौतिक क्षतिले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक जीवनमा नै असर पर्ने पो हो कि भन्ने चिन्ताका साथ नेपाल युवा परिषद् र मास्टरपीस एनवाईसीको अगुवाइमा लायन्स क्लब इको फ्रेन्ड्री, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिकाका बाढीपहिरो प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण सम्पन्न गरिएको अध्यक्ष बानियाँले बताउनुभयाे । 

रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पिडित विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री वितरण गरेकामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले नेपाल युवा परिषद् र परिषद लगायत सहयोगी संस्थाहरुलाई धन्यबाद व्यक्त गर्नुभयाे । 

रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक विद्यालयका २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामग्री वितरण गरेको कुरा परिषदका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक नवीन गिरीले बताउनुभयाे । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट विद्यार्थी भाइबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र विद्यार्थी भाइबहिनीले पनि समाजलाई आफूले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषदलाई धन्यबाद व्यक्त गर्नुभयाे ।