के–के दिन्छ विज्ञानले ?
पानी चाहिए पानी ल्याउँछन् सुन चाहिए सुन, चाहियो भन्ने लागे आफैं ल्याउँछन् अर्को जून ।
सानासाना भाइबैनीका
यिनै साना हातले
नयाँ काम गर्छन् भोलि
ज्ञान–विज्ञानका साथले ।
पृथिवीमा कहाँ के छ
खोजी गर्छन् जम्मै
नालीबेली तयार गर्छन्
ब्रह्माण्डको सम्मै ।
पृथिवीमा अभाव भए
बुद्दि पुर्याएर
खोजी गरी ल्याउँछन् यिनले
ज्ञानले जुराएर ।
पानी चाहिए पानी ल्याउँछन्
सुन चाहिए सुन
चाहियो भन्ने लागे आफैं
ल्याउँछन् अर्को जून ।
असम्भव भन्ने कुरा
हट्दै जाने छन्
सम्भवको सीमाभित्र
अट्दै जाने छन् ।
यिनले हातमा लिने शक्ति
गन्न सक्छ कसले ?
के–के दिन्छ विज्ञानले
भन्न सक्छ कसले ?
प्रतिक्रिया