चिसो बढेसँगै तराईका पालिकाले दिए विद्यालयमा बिदा
पर्साको वीरगन्ज महानगरपालिकासहित १२ वटा पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका छन् । बाराका दुई पालिकाले पनि बिदा दिएका छन् ।

बारा र पर्साका स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिकासहित १२ वटा पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका छन् । बाराका दुई पालिकाले पनि बिदा दिएका छन् ।
बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार तीन दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ ।
चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
अत्यधिक चिसोले सुवर्ण गाउँपालिकाले २६ गते सम्म बिद्यालयहरुमा बिदा दिएको सूचनामा उल्लेख छ । पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।
विगत केही दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै बर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उल्लेख गरेका छन् ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया