सामुदायिक विद्यालयका शिक्षकलाई तालिम दिँदै काठमाडाैं महानगर
जाडो बिदाका समयमा शिक्षकहरूलाई ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत क्षमता विकाससम्बन्धी तालिम दिन लागिएकाे हाे ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत क्षमता विकाससम्बन्धी तालिम दिन लागेको छ ।
तालिमका माध्यमबाट क्षमता विकास गराएर शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको कामपाको सहरी योजना आयोगका सदस्य एवं इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयाे ।
झाका अनुसार शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको छ ।
यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम दिइने छ । पुस २३ देखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान, अर्थशास्त्रलगायत विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् । पुस २३ देखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ ।
पुस २४ देखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमसँग सम्बन्धित सम्पर्क शिक्षकहरूका लागि तालिम हुनेछ ।
आगामी माघ ५ देखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र ‘क्यारियर गाइड म्यापिङ’ तालिम हुनेछ । माघ २ देखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछन् ।
रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ देखि माघ ८ गतेसम्म हुने महानगरले जनाएकाे छ । सामुदायिक विद्यालयमा पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म रहनेछ।
यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार पढाइमा असर नहुने गरी खेलकुदका कार्यक्रम पनि हुने कामपाको सहरी योजना आयोगले जनाएको छ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया