हेटौंडाका कृष्ण थापालाई टोखा र्यापिड चेस उपाधि
नितेन मेमोरियल विद्यालयकी निलम कोइराला उत्कृष्ट महिला, वनस्थलीका मदन दहाल यु १६, अनामनगरका दिपन मैनाली यु १४ उत्कृष्ट बन्दै नगद पुरस्कार जित्नुभएकाे छ ।

टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे र्यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जित्नुभएकाे छ ।
भारत र नेपालका गरी १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा सिएम कृष्ण थापाले अन्तिम चरण बराबरी खेल्दै ७ दशमलब ५ अंक टाइब्रेकका आधारमा विजेता बन्नुभएकाे हाे । उहाँले गोल्ड मेडलसहित नगद रु.१५ हजार पुरस्कार प्राप्त गर्नुभएकाे छ ।
भक्तपुरका निकेन कुसाथाले समान ७.५ अंक जोडेर दोश्रो स्थान ओगट्न सफल हुनुभयाे । निकेनले ट्रफि, शिल्भर मेडल र १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएकाे छ । माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई तेस्रो हुँदै ट्रफी, ब्रञ्ज मेडल र नगद ६ हजार पुरस्कार हात पार्न सफल हुनुभयाे ।
शिर्ष दशौं स्थान सम्म प्राप्त गरेका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएकोमा झापाका वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका सिएम नवीन तण्डुकार, मोरङका उमेश राई, शंखरापुरका सन्देश श्रेष्ठ समान ७ अंक बनाउदै क्रमशः आठौं स्थान र ६.५ अंकमा ललितपुरका बद्रीलाल नेपाली नवौं तथा राजन पुरी दशौं स्थानमा रहनुभयाे ।
अन्य ११ विधामध्ये बेष्ट लोकल अष्टनारायण लवट, वेष्ट टोखा यु१६ छात्र अर्जुन परियार , छात्रा निरुता परियारि, सिनियर ५५ वर्षमा सिएम भगवती प्रसाद शर्मा, अनरेटेड रजिन महर्जन उत्कृष्ट छानिनुभएकाे छ ।
यस्तै रेटिङ १९ सयमुनि दोलखाका राजीव कार्की, १८ सय मुनि सुरज सिंह, १७ सय मुनि भारतका राजन राजीव उत्कृष्ट बन्नुभयाे । नितेन मेमोरियल विद्यालयकी निलम कोइराला उत्कृष्ट महिला, वनस्थलीका मदन दहाल यु १६, अनामनगरका दिपन मैनाली यु १४ उत्कृष्ट बन्दै नगद पुरस्कार जित्नुभएकाे छ ।
क्लबका अध्यक्ष राजीव श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरणमा प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कृत गर्नुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया