मंगलबार २३ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

नयाँ वर्ष २०२५ (बाल कविता)

तिमी भन्दै छौ- मुस्कान त देऊ, तर यो जीवनमा उज्यालो नदेऊ ! हामी भने उज्यालो फैलाइरहन्छौँ ।

पर्वत शिखरमा हिमाल मुस्कुराउँदै,
झरना झरझर झरि नाच्दै गाउँदै ।
तिमी भन्दै छौ- हेर्न त हेर्नू,
तर यो प्रकृतिलाई नमन नगर !
हामी भने नमन गरिरहन्छौँ ।

सूर्यका किरणले अँध्यारो हटाउँदै,
फूलको बगैँचामा रंग छरिँदै ।
तिमी भन्दै छौ- मुस्कान त देऊ,
तर यो जीवनमा उज्यालो नदेऊ !
हामी भने उज्यालो फैलाइरहन्छौँ ।

पंक्षी गुँडमा नयाँ आशा लिएर,
बालबालिका हाँस्दै नयाँ बाटो हेरेर ।
तिमी भन्दै छौ- हिँड्न त हिँड,
तर यो सपनाको बाटो नहिँड !
हामी भने सपना देखिरहन्छौँ ।

हे, २०२५ का सुनौला क्षणहरू !
हाम्रो खुशी, हाम्रो उमंग, हाम्रो स्वर ।
तिमी जतिसुकै चुनौती देऊ,
हामी भने सृजनाको गीत गाइरहन्छौँ ।

नयाँ वर्ष तिमीलाई स्वागत छ,
शान्ति, सृजनशीलता र उत्साहसँगै ।
बालहृदयमा जगाउँछौँ सन्देश-
सपना, माया र हिम्मत बाँडिरहन्छौँ ।

नन्दलाल आचार्य

बेलका- २, सिद्धार्थटोल, उदयपुर [email protected]