आइतबार २१ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

धेरै नहेर मोबाइल (बाल कविता)

सही प्रयोग गर्नुपर्छ इन्टरनेट अखबार, बालसंसार बुझेर हेर शैक्षिक समाचार !

धेरै नहेर मोबाइल आँखाको ज्योति तान्छ रे
मोहनीको मन्त्रले कलिलो दिमाग खान्छ रे !

एकोहोरोपनाले लत बिग्रँदै जान्छ रे
अध्ययन गर्ने यो बेला मनै तानी लान्छ रे !

पढ्ने लेख्ने समय अन्त मन नघुमाऊ
गृहकार्य  सकेर समयमै स्कुल जाऊ !

सही प्रयोग गर्नुपर्छ इन्टरनेट अखबार
बालसंसार बुझेर हेर शैक्षिक समाचार !
 

करुणा  उदासी  कृष्ण

भिमाद १, किहुँ, तनहुँ (हाल : चितवन)