आइतबार २१ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

शिक्षण अस्पतालमा बाल विकाससम्बन्धी प्रदर्शनी (भिडियाे)

बालविकासको महत्वबारे सचेतना फैलाउने र अभिभावकलाई ज्ञान अभिवृद्धि गराउने उद्देश्यले ‘टोय एक्जिविसन’ आयोजना गरिएको हो ।

महाराजगन्ज नर्सिङ क्याम्पसमा बिएस्सी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले बालबालिकाको जन्मदेखि वयस्क हुँदासम्मका विकासक्रमबारे जानकारी दिन बिहीबार शिक्षण अस्पतालमा विशेष प्रदर्शनी आयोजना गरेका छन् ।

बालविकासको महत्वबारे सचेतना फैलाउने र अभिभावकलाई ज्ञान अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम ‘टोय एक्जिविसन’ आयोजना गरिएको हो ।

प्रदर्शनीमा बालबालिकाको उमेरअनुसारका छुट्टाछुट्टै स्टल राखिएको थियो । 

इन्फान्सी (जन्मदेखि १ वर्ष), टोडलर (१ देखि ३ वर्ष), प्रिस्कुल (३ देखि ६ वर्ष), स्कुल एज (६ देखि १२) र एडोलसेन्स (१२ वर्षदेखि माथि) का बालबालिकाको विकासक्रमबारे फरक–फरक स्टलबाट जानकारी दिइएको थियो । नर्सिङको पाठ्यक्रमअन्तर्गत नै यो प्रदर्शनी गरिएको हो । 

जन्मेदेखि १ वर्षसम्मको स्टलमा बालबालिकाको जन्मेदेखिका विकासक्रम, स्वास्थ्य र खानेकुराबारे जानकारी दिइएको थियो । ‘बच्चा जन्मनेबित्तिकै हामी खोपको कुरा गर्छौं, कुन–कुन खोप कति समयमा लगाउनुपर्छ भनेका छौं,’ अविशा कार्की भन्नुहुन्छ, ‘जन्मेको एक घण्टाभित्र दुध चुसाउनुपर्छ र ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ । त्यसपछि सर्वोत्तम पिठो खुवाउनुपर्छ ।’

बालबालिकाले आफ्नो उमेरअनुसार केकस्ता खेल खेल्छन्, मानसिक, भावनात्मक र शारीरिक विकास कसरी हुन्छ भन्ने बुझाउन प्रदर्शनी आयोजना गरिएको नेहाकुमारी महतोले बताउनुभयो । 

‘बच्चाको उमेरअनुसारको विकास भएको छ कि छैन र के खुवाउनुपर्छ भन्नेबारे जानकारी दिएका छौं,’ उहाँले भन्नुभयो । पाँच वटा स्टलमा बिएस्सी तेस्रो वर्षका ३९ जना विद्यार्थी सहभागी हुनुभएको थियो । 

आउट डुर र इनडुर गेम, दिउँसो र रातिबारे छुट्याउन सक्नेबारे जानकारी दिने खालका खेलकुदहरु बारे  प्रदर्शनीमा जानकारी दिइएको थियो ।

प्रदर्शनीमा शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासका चरणहरूलाई चित्रण गर्दै विभिन्न सामग्री, मोडलहरू र इन्फोग्राफिक्स प्रदर्शन गरिएको थियो ।