परीक्षा केन्द्र फरक पारेकाे भन्दै जनकपुरमा विद्यार्थी आन्दाेलित
विद्यार्थीले क्याम्पसको प्रशासन शाखाको ढोका र झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखिएका काठका सामग्रीमा आगो लगाएका छन् ।

जनकपुरकाे जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि सुरु हुन लागेको स्नातक तहको परीक्षाको परीक्षा केन्द्र फरक–फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् ।
विद्यार्थीले क्याम्पसको प्रशासन शाखाको ढोका र झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखिएका काठका सामग्रीमा आगो लगाएका छन् ।
यसअघि अहिले जस्ताे अन्य क्याम्पसमा परीक्षा केन्द्र राखिएको थिएन । नियतवश निजी क्यामपसका सञ्चालकको मिलेमतोमा ९ सय विद्यार्थीबाहेक बाँकी सबैको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको विद्यार्थीकाे आराेप छ ।
उनीहरुले यो निर्णय नसच्चयाए मधेश प्रदेशभरि परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया