परीक्षा केन्द्र फरक पारेकाे भन्दै जनकपुरमा विद्यार्थी आन्दाेलित
विद्यार्थीले क्याम्पसको प्रशासन शाखाको ढोका र झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखिएका काठका सामग्रीमा आगो लगाएका छन् ।
जनकपुरकाे जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि सुरु हुन लागेको स्नातक तहको परीक्षाको परीक्षा केन्द्र फरक–फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् ।
विद्यार्थीले क्याम्पसको प्रशासन शाखाको ढोका र झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखिएका काठका सामग्रीमा आगो लगाएका छन् ।
यसअघि अहिले जस्ताे अन्य क्याम्पसमा परीक्षा केन्द्र राखिएको थिएन । नियतवश निजी क्यामपसका सञ्चालकको मिलेमतोमा ९ सय विद्यार्थीबाहेक बाँकी सबैको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको विद्यार्थीकाे आराेप छ ।
उनीहरुले यो निर्णय नसच्चयाए मधेश प्रदेशभरि परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया