शनिबार २० पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

काठमाडाैंकाे शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ ।

विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो ।

अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ । यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना  राई, सुवना खड्का, जानकी कठायतको समूह दोश्रोे भएको छ । 

सोही प्रतियोगिताको छात्रर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ ।

त्यसैगरी मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह द्वितीय भएको छ । लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राई क्रमशः पहिलो, दोश्रो र तेस्रो हुनुभयाे । छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोश्रो र सुजल सुनुवार तेस्रो पुरस्कार प्राप्त गर्नुभयाे । 

म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिला, दोश्रो र तेस्रो हुनुभयाे । छात्रतर्फ टेकबहादुर थापा मगर पहिलो , सुदीप श्रेष्ठ दोश्रो र सन्तोष कार्की तेश्रो हुनुभयाे ।

कार्यक्रम पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।