शुक्रबार १९ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

साकेलामा कलिला पाइला (भिडियाे)

ढोल बजाउँदा ‘ढुङ्कुऽ ढुङ्कुऽ ढुङ्कुऽ’ आवाज आउँछ । ढोलसँग झ्याम्टा पनि ‘झ्यामऽ झ्यामऽ झ्यामऽ’ बजाइन्छ । अनि ठूला–साना सबैजना गोलाकार भएर हात, गोडा चाल्दै तालमा ताल मिलाएर नाचिन्छ ।

विद्यार्थी साथीहरू उधौलीको शुभकामना ! 

यो चाड किरात जातिले मनाउने गर्दछन् । किरात जातिभित्र राई, लिम्बू, याक्खा, सुनुवार पर्दछन् ।  

ढोल र झ्याम्टा बजाउँदै त्यसको तालमा नाच्दा रमाइलो हुन्छ । त्यसमा पनि राई जातिले उधौलीलाई साकेला भनेर मनाउनु हुन्छ । हामीले यसपालि काठमाडौं टुँडिखेलमा केही साना साथीहरू नाचिरहनु भएको दृश्यहरू लिएर आएका छौं ।

ढोल बजाउँदा ‘ढुङ्कुऽ ढुङ्कुऽ ढुङ्कुऽ’ आवाज आउँछ । ढोलसँग झ्याम्टा पनि ‘झ्यामऽ झ्यामऽ झ्यामऽ’ बजाइन्छ । अनि ठूला–साना सबैजना गोलाकार भएर हात, गोडा चाल्दै तालमा ताल मिलाएर नाचिन्छ ।  

खासगरेर नयाँ बाली धान, कोदो र अदुवा पाकेपछि घर–घरमा पित्रृलाई चढाएर पूजा गरिन्छ । यो उत्सवलाई उधौली चाड भनिन्छ । आकाश, धरती, हावा, पानी, सिमेभुमे प्रकृतिलाई धन्यवाद दिंदै खुल्ला ठाउँमा सामुहिक रूपमा भेला भएर नाचिन्छ । अन्न भिœयाएपछि मनाइने चाड भएकाले यसलाई अन्न उत्त्सव अथवा अंग्रेजीमा ‘हार्भेस्टिङ फेस्टिभल’ पनि भनिन्छ । 

साकेला सिली नाच्नका लागि एकजना महिला र अर्को जना पुरुषलाई फेटा लगाएर अगुवाइ गर्दछन् । महिलालाई सिलीमोमा र पुरुषलाई सिलीमोपा भनिन्छ । हामीले किन साकेला नाचिन्छ भनेर सिलीमोपा धर्म साम्पाङ राई र संस्कृतिकर्मी निला राई (जुनम) सँग कुराकानी गरेका छौं । साथै टँुडिखेलको साकेलामा सहभागी साना साथीहरूसँग पनि कुराकानी गरेका छौं । 

नेपाल सरकारले २०५८ सालमा मंसिरपूर्णिमा तिथिलाई किरात चाड भनेर घोषणा गरेको छ । मंसिर–पुसमा मनाइन उधौलीमा सामुहिक भेला भएर करिब १५ दिनसम्म साकेला सिली (नाच) नाचिन्छ । वैशाखपूर्णिमामा भने भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत उभौली पूजा गरी मनाउने गरिन्छ ।