अस्मितलाई डाक्टर बन्न मन छ, निलिशालाई स्पेस साइन्टिस्ट (भिडियाे)
'टेबलटेनिसमा हामीले बललाई जता चाह्याे त्यतै फाल्न सक्छाैं तर अलि बढी जाेडले हानियाे भने त्याे आउट हुन्छ । हाम्राे जीवनमा पनि यही कुरा लागू हुन्छ ।'
किशाेर आवाजकाे दाेस्राे श्रृङ्खलामा हामीले काठमाडाैंकाे सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययनरत अस्मित खान र गाेकर्णस्थित मनकामना बाेर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा निलिशा थापासँग कुराकानी गरेका छाैं ।
उहाँहरूले आफ्नाे जीवनशैली, सपना, शिक्षा प्रणाली र चुनौतीहरूबारे धारणा राख्नुभएकाे छ । यसले उहाँहरूको भावनात्मक, शैक्षिक र सामाजिक पक्षलाई बुझ्न सहयोग गर्ने हाम्राे विश्वास छ ।
याे संवादबाट उहाँहरू कुन तरिकाले अध्ययन गर्नुहुन्छ, कक्षा र घरमा अध्ययन गर्ने समयको व्यवस्थापन कसरी गर्नुहुन्छ, कुन विषय सबैभन्दा मनपर्छ, भविष्यमा के बन्न चाहनुहुन्छ आदि विषयमा प्रष्ट पार्ने प्रयास हामीले गरेका छाैं ।
'मलाई साइन्स पढ्न मन पर्छ,' अस्मित भन्नुहुन्छ, 'भविष्यमा म डाक्टर बनेर सेवा गर्न चाहन्छु ।'
निलिशालाई चाहिँ ठूलाे भएपछि वैज्ञानिक बन्न मन छ । 'मलाई पनि सबैभन्दा मन पर्ने विषय विज्ञान हाे,' उहाँ भन्नुहुन्छ, 'भविष्यमा स्पेस साइन्टिस्ट बन्छु ।'
त्यसैगरी अस्मितलाई मेस्सी र निलिशा राेनाल्डाे मन पर्दाे रहेछ तर आफैं खेल्नचाहिँ निलिशालाई टेबलटेनिस र अस्मितलाई कराते मन पर्ने रहेछ । 'टेबलटेनिसमा हामीले बललाई जता चाह्याे त्यतै फाल्न सक्छाैं तर अलि बढी जाेडले हानियाे भने त्याे आउट हुन्छ,' निलिशा भन्नुहुन्छ, 'हाम्राे जीवनमा पनि यही कुरा लागू हुन्छ ।'
खेलकुदले टिमवर्कमा काम गर्न र अनुशासनमा बस्न सिकाएकाे अस्मितकाे अनुभव छ ।
प्रेरणा स्रोत, चुनौती, प्रविधिको प्रयोग र यसको प्रभाव, सामाजिक जीवन र गतिविधि, सामाजिक घुलमिल, शारीरिक– मानसिक स्वास्थ्य, समाजप्रतिको दृष्टिकोण आदि विषयमा उहाँहरुका विचार सुनाैं उहाँहरुकै शव्दमा ।
_HIx4CP1xev_boihhdzzbf64j3g8d1wiu3tkpgyciuv4alp2fxfuo50os0m15waqckckbffm_viEuGceR2p_dpzzbcfu0u9cjttunrtob4cnvwwd4giezqpmcto0spbdzri9ohqqxuwsk5q4.jpeg)
कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_moKdM4Sjom_xjatfgaeqehwy1yj6xxtr0je0qf4pk0uo0r5q9f3s9mpwxwzgxg4cin1mzw7.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

प्रतिक्रिया