कागजबाट वाल ह्याङ्गर र सनफ्लावर (भिडियाे)
यसले विद्यार्थीहरूमा पुनः प्रयोग गर्ने बानी विकास गर्नुका साथै सिर्जनशीलतामा प्रोत्साहन गर्दछ ।
नवलपरासीको गैंडाकोटस्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलकी शिक्षिका सुस्मिता सुनारी मगरले कागजबाट सिर्जनशील वस्तुहरू निर्माण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक र वातावरणीय शिक्षा सिकाउँदै आउनुभएकाे छ ।
कागजबाट उहाँले धेरै सामानहरु बनाइसक्नुभएकाे छ । उहाँले याे भिडियाेमा विद्यार्थी भाइबहिनीलाई कागजबाट वाल ह्याङ्गर बनाउन सिकाउनुभएकाे छ । उहाँले आकर्षक वाल ह्याङ्गरसँगै त्यसलाई सजाउनका लागि कागजबाटै सनफ्लावर पनि कसरी बनाउन सकिन्छ भनेर देखाउनुभएकाे छ ।
यसले विद्यार्थीहरूमा पुनः प्रयोग (रिसाइकल) गर्ने बानी विकास गर्नुका साथै सिर्जनशीलतामा प्रोत्साहन गर्दछ । कागजजस्तो सजिलै उपलब्ध हुने सामग्रीलाई उपयोग गरेर दैनिक जीवनका लागि उपयोगी र सौन्दर्यात्मक वस्तु कसरी बनाउने भन्ने कुराको ज्ञान दिन सकिने उहाँ बताउनुहुन्छ ।
'शिक्षाले केवल किताबी ज्ञानमात्र दिनु हुँदैन, विद्यार्थीलाई व्यवहारिक ज्ञान, सिर्जनात्मकता, र वातावरणप्रति जिम्मेवारीसम्बन्धी पाठ सिकाउनु जरुरी छ,' उहाँ भन्नुहुन्छ ।

मिस्टर एण्ड मिस इस्टपोल सिजन १ को ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

चम्किला अनमोलको संघर्षपूर्ण संगीतयात्रा (भिडियाे)
'राम्राे गायक बनेर नेपाली संगीतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न चाहन्छु' (भिडिय…
मार्टिन लुथर किङ र डाेनाल्ड ट्रम्पकाे जस्तै भाषण शैली भएका आविष्कार
राेशनले यसरी उडाए हवाईजहाज (भिडियाे)

एउटै पृष्ठभूमि, जो अहिले फरक मार्गमा छन्

प्रतिक्रिया