ट्रिटन कलेजमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना (भिडियाे)
नेपाली र सामाजिक विषयको पाठ्यक्रममा समावेश भएका विषयवस्तुअनुरुप विद्यार्थीलाई मनोरञ्जनात्मक तवरले दुर्व्यसनविरुद्ध जागरुक गर्न चलचित्र देखाइएको हाे
काठमाडौंको कोटेश्वरस्थित ट्रिटन कलेजले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ । यसअन्तर्गत बुधबार कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीलाई सन्देशमूलक चलचित्र 'सरी मम' देखाइएको छ ।
नेपाली र सामाजिक विषयको पाठ्यक्रममा समावेश भएका विषयवस्तुअनुरुप विद्यार्थीलाई मनोरञ्जनात्मक तवरले दुर्व्यसनविरुद्ध जागरुक गर्न चलचित्र देखाइएको कलेजले जनाएको छ ।
कक्षा ११ की सुष्मा दाहालले आफूजस्ता किशोरकिशोरीलाई लागुऔषध दुर्व्यसनविरुद्धको सचेतना प्रभावकारी भएको बताउनुभयो । ‘लागुपदार्थको प्रयोगबाट किशोरकिशोरीलाई बचाउन विद्यालय र परिवारको समेत महत्वपूर्ण जिम्मेवारी हुन्छ,’ उहाँले भन्नुभयो ।
कक्षा १२ का अमित सिंहले विद्यालयको अतिरिक्त क्रियाकलापमा यस्ता विषय समावेश गरिनुपर्ने बताउनुभयो । ‘बुक फ्रि फ्राइडेमा लागुऔषध दुर्व्यसनजस्तो गम्भीर विषयमा ज्ञान दिनु जरुरी छ,’ उहाँले भन्नुभयो ।
नेपाली विषयकी विभागीय प्रमुख सविता मैनालीले नेपाली समाजलाई दुर्व्यसनमुक्त बनाउन देशभरिका विद्यालयमा यस्ता प्रयोगात्मक क्रियाकलापको अत्यन्तै जरुरी रहेकोमा जोड दिनुभयो ।
सामाजिक विषयका विभागीय प्रमुख खेमराज आचार्यले किशोरावस्थाका भाइबहिनीमा चेतना अभिवृद्धि गराई दुर्व्यसनीबाट बचाउन विद्यालयहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विद्यार्थीलाई यस्ता विषयमा ज्ञान दिन कक्षामा गरिने अध्यापनले मात्रै पूर्ण नहुने भएकाले चलचित्र, डकुमेन्ट्री, क्षेत्र भ्रमणजस्ता कार्यमा जोड दिइएको व्यवस्थापन र कानुन संकायका संयोजक कमानसिंह आरसीले जानकारी दिनुभयो ।
चलचित्रका नायक प्रभात पालले आफ्नाे चलचित्रले लागुपदार्थ दुर्व्यसनकाे लतमा फसेका एक जना मात्रै किशाेरलाई त्यसबाट मुक्त गर्न सक्याे भने पनि सफल भएकाे ठान्ने बताउनुभयाे ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया