इस्लिङ्टन कलेजद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्तिको घोषणा
‘हामी नेपाली सक्षम छौं’ नारासहित कलेजले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीका सफलताको कथा वृत्तचित्रसमेत सार्वजनिक गरेको छ ।
काठमाडौंको कमलपोखरीस्थित इनोभेट नेपाल ग्रुप (आईएजी) अन्तर्गत सुचारु इस्लिङ्टन कलेजले कक्षा ११ र १२ अध्ययनका निम्ति छात्रवृत्तिको घोषणा गरेको छ ।
‘हामी नेपाली सक्षम छौं’ नारासहित कलेजले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीका सफलताको कथा वृत्तचित्रसमेत सार्वजनिक गरेको छ ।
छात्रवृत्तिका निम्ति बेलायतको लन्डन मेट्रोपोलिटेन युनिभर्सिटीले सघाउने छ । त्यसनिम्ति सोमबार काठमाडौंस्थित याक एण्ड यती होटलमा आयोजित पत्रकार सम्मेलनमा सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
युनिभर्सिटीको तर्फबाट क्रिस्टोफर लेण्ड, इस्लिङटन कलेजको तर्फबाट रोहित पाण्डे र माई सेकेण्ड टिचरको तर्फबाट मेधा भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।
पहिलो पटक रामेछापका आर्थिक विपन्न ४ विद्यार्थीलाई सफलतापूर्वक सक्षम तुल्याएको छ । उनीहरूले सामुदायिक विद्यालयमा पढेर एसईई उत्तीर्ण गरेका हुन् । पत्रकार सम्मेलनमा पूर्ण छात्रवृत्तिसहित पढेर सफलता पाएका विद्यार्थीहरू सिताराम थिङ, सबिना धानुकी, राम नेपाली र लक्ष्मण नेपाली अभिभावकसहित उपस्थित हुनुहुन्थ्यो ।
यसैगरी इस्लिङ्टन कलेजले चितवनको शक्तिखोर माविबाट एसईई उत्तीर्ण १२ विद्यार्थीलाई होटेल म्यानेजमेन्ट पढ्ने अवसर दिएको थियो ।
‘राज्यको शून्य प्रतिशत लगानी रहेको आइटी क्षेत्रको राष्ट्रिय आम्दानी पर्यटनभन्दा बढी हुनेतिर उन्मुख छ, हामीले नेपाली युवालाई नेपालमै राखेर आईटी क्षेत्रमा संलग्न गराइ देशको कायापलट गर्न सक्छौंं,’ आफ्नो र विद्यार्थीको सफलताको कथा प्रस्तुतिसँगै इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकीले भन्नुभयो, ‘कक्षा ११ र १२ मा कम्प्युटर साइन्स पढेका विद्यार्थीले निःशुल्क रूपमा युकेको लन्डन मेट्रोपोलिटेन युनिभर्सिटीले विकास गरेको ग्लोबल सर्टिफिकेट पाउने छन् । त्यसले नेपालको आईटी क्षेत्रलाई अझ प्रवद्र्धन गर्ने पक्का छ । अब हामी दुर्गमका आर्थिक विपन्न अवसरबाट बञ्चित विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर दिनेछौं ।’
सन् १९९६ देखि सेवा आरम्भ गरेको इस्लिङ्टन कलेजले सूचना प्रविधि (आईटी) तथा बिजनेस विषयमा अध्यापन गराउँदै आएको छ । यो बेलायतको लन्डन मेट्रोपोलिटेन युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज हो । यस कलेजबाट उत्पादित जनशक्तिले नेपालमै स्वरोजगार तथा आईटीको क्षेत्र काम गर्ने अवसर पाएका छन् ।
प्रतिक्रिया