'अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ'
स्थानीय तहबाटै अपाङ्गता बालबालिकामैत्री कानुन बन्नुपर्नेमा जाेड

उपसभामुख इन्दिरा रानाले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएकाे छ ।
राष्ट्रिय बालअधिकार परिषद्ले आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा रानाले जोड दिनुभएकाे हाे । उहाँले स्थानीय तहबाटै अपाङ्गता बालबालिकामैत्री कानुन बन्नुपर्ने बताउनुभयाे ।
शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख रानाको भनाइ थियो । अपाङ्गता भएका बालबालिकासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने बताउँदै उहाँले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरु बालबालिकाजस्तै पुर्याउनुपर्नेमा जोड दिनुभयाे ।
परिषद्का अध्यक्ष बमबहादुर बानियाले अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयाे । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताउनुभयाे ।
नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षासम्बन्धी प्रस्तुतीकरण गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताउनुभयाे । उहाँका अनुसार केन्द्रले करिब एक हजार तीन सय विद्यार्थीलाई बे्रललिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ ।
केन्द्रका अधिकृत दीपक माझीले करिब १० हजार ८ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको जानकारी दिनुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया