'निजी र सरकारी दुवै विद्यालयमा एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुनुपर्छ'
‘निजीले रिफ्रेन्सको नाममा अरु पाठ्यपुस्तक पढाइरहेका छन्, यसलाई नियमन गर्नुपर्छ, संविधानको मर्म बंग्याउन पाइँदैन ।’

शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले निजी र सरकारी दुवै विद्यालयमा एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुनुपर्ने बताउनुभएकाे छ ।
काठमाडौंमा मंगलबार भएको ‘विद्यालय शिक्षा विधेयक’माथिको अन्तरक्रियामा उहाँले रिफ्रेन्सकाे नाममा अन्य पाठ्यक्रम पढाउन राेक्नुपर्ने बताउनुभयाे ।
‘निजीले रिफ्रेन्सको नाममा अरु पाठ्यपुस्तक पढाइरहेका छन्, यसलाई नियमन गर्नुपर्छ,’ उहाँले भन्नुभयाे, ‘संविधानको मर्म बंग्याउन पाइँदैन ।’
मन्त्री भट्टराईले निजी विद्यालय शक्तिबाट निर्देशित भएको र सार्वजनिक विद्यालय शक्तिविहीन भएकाे धारणा राख्नुभयाे । 'सार्वजनिक विद्यालय शक्तिविहीन भए, जो राज्यबाट चलेका छन्, संस्थागत विद्यालय शक्तिबाट निर्देशित छन्, शक्तिशाली छन्,’ उहाँले भन्नुभयाे ।
निजी विद्यालयका सञ्चालकले राजनीति गर्दा कोही पनि बोल्ने नगरेको गुनासाे पाेख्दै उहाँले भन्नुभयाे, ‘सार्वजनिकमा मात्र होइन निजीका सञ्चालक नै पार्टीको क्याडर हुनुहुन्छ । यो विषय किन उठ्दैन ?'
निजी विद्यालयलाई नियमनको आवश्यक रहेको पनि उहाँले बताउनुभयाे ।
‘निजीलाई निषेध गर्ने भनेको होइन, नियमन गर्ने भनेको हो, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले स्पष्ट भनेको छ, यो ऐन कार्यान्वयन गर्न सकिन्छ,’ उहाँले भन्नुभयाे ।
निजीले ऐनमा तोकेबमोजिम छात्रवृत्ति दिनुपर्ने उनको जोड छ । ‘पाँच सय विद्यार्थी भएकाले १० प्रतिशत, आठ सय भएकाले १२ प्रतिशत र एक हजार बढी विद्यार्थी भएकाले १५ प्रतिशत दिनुपर्छ, अहिले १० प्रतिशत पनि कार्यान्वयन भएको छैन,’ उहाँले भन्नुभयाे ।
तीन तहको सरकारले शिक्षामा कुनले कति लगानी गर्ने भनेर ऐनमा तोकेर जानुपर्ने धारणा उहाँले राख्नुभयाे । राज्यले २० प्रतिशत लगानी गर्ने भनेर अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयाे ।
यस्ता सबै समस्याकाे समाधान गर्ने गरी विद्यालय शिक्षा विधेयक बनाउनुपर्ने उहाँकाे धारणा छ ।
_sgLFjcEqyl_mq2xfoxjkeckad5hwyenzqox9srpo8glyv3cekddfsfjhguyl3hgrbdkteav_AWY8qLORvQ_zsxijftg7vsyqv6oygfyoxoylxocmgkuvyqgj1bmfrth3pz2uis3zji2qles.jpg)
अबाकस तथा मानसिक गणित प्रतियोगिता सम्पन्न

शिक्षकका माग पूरा, आन्दाेलन फिर्ता
ललितपुर महानगरले भन्याे– वैशाख १६ देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू

४५ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड तर सडकमै पाक्छ शिक्षककाे तलब

कक्षा १२ काे परीक्षा निर्धारित मितिमै गर्ने निर्णय

शिक्षा समिति सभापतिले अपमान गरेकाे भन्दै शिक्षकहरू आक्राेशित

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

प्रतिक्रिया