के जेन–अल्फा सबैभन्दा खराब पुस्ता हो ?
जेन अल्फामा देखा परेको अर्को चिन्तित बनाउने लक्षण हो– आक्रोश वा आक्रामक स्वभाव । उनीहरूमा कुनै प्रकारको पारिवारिक भावना नै छैन । यदि उनीहरूले भनेको जस्तो भएन भने जोसुकैमाथि आक्रमण गर्न थाल्छन् ।
अहिलेको सबैभन्दा पछिल्लो पुस्तालाई जेनेरेसन–अल्फा भनिन्छ । अर्थात् सन् २०१२ देखि सन् २०२५ को बीचमा जन्मेका वा जन्मने बालबालिकालाई जेनेरेसन–अल्फा अर्थात् जेन अल्फा मानिन्छ ।
यसको मतलब जेन–अल्फाहरू बढी १२–१३ वर्ष उमेरका छन् । तर यहाँ दुःखको विषय के छ भने यति आधुनिक युगमा जन्मेर पनि जेन–अल्फा अहिलेसम्मको सबैभन्दा खराब पुस्ता हो । यो पुस्ताका बलबालिकाले कलिलो उमेरमै डिप्रेसन र एन्जाइटीको सामना गरिरहेका छन् ।
धेरै सर्वेक्षणमा ६ देखि ८ वर्षका बालबालिकाहरू डिप्रेसनमा जाने र आत्महत्याको प्रयाससमेत गर्ने गरेको पाइएको छ ।
जेनेरसन अल्फाका बालबालिकाहरूमा केही यस्ता लक्षण देखिएका छन्, जुन संसारभर समान छन् । सबैभन्दा पहिलो लक्षण छ– डिप्रेसन र एन्जाइटी ।
जेनेरेसन अल्फाका बालबालिका सबैभन्दा निरास र चिन्तित छन् । यति मात्रै होइन, बालबालिकामा हृदयघातको समस्या पनि त्यत्तिकै देखा परिरहेको छ ।
जेन अल्फामा देखा परेको अर्को चिन्तित बनाउने लक्षण हो– आक्रोश वा आक्रामक स्वभाव । उनीहरूमा कुनै प्रकारको पारिवारिक भावना नै छैन । यदि उनीहरूले भनेको जस्तो भएन भने जोसुकैमाथि आक्रमण गर्न थाल्छन् ।
आफूलाई मनपर्ने कार्टुन हेर्न वा गेम खेल्न पाएनन् भने घर नै थर्काउने गरी झगडा गर्न, रुन, चिच्याउन थाल्छन् । आफ्नै टाउको समेत भुइँमा ठोक्न थाल्छन् । आमाबाबुलाई समेत हात हाल्ने र घरका सरसामान तोडफोड गर्नेसम्मका व्यवहार देखाउन थाल्छन् ।
तेस्रो धेरै चिन्तित पार्ने लक्षण हो– मूर्खता । पछिल्लो समय यो जेनेरेसनलाई पढाउने विश्वभरका शिक्षकहरू निराश भएर राजीनामा दिन थालेका छन् ।
शिक्षकहरूको अनुभव के छ भने जेनेरेसन अल्फा अहिलेसम्मकै सबैभन्दा मूर्ख पुस्ता हो । उनीहरूलाई आधारभूत हिज्जेसम्म थाहा छैन । कुनै पनि विषयमा उनीहरूको क्षमता अन्य जेनेरेसनका बालबालिकाहरूमा भन्दा अति नै न्यून छ ।
यो जेनेसेरनका औसत बालबालिका यति धेरै मूर्ख छन् कि उनीहरूले शिक्षक शिक्षिकाहरूलाई समेत दुव्र्यवहार गर्ने गर्दछन् ।
विकसित देशहरूमा मात्रै नभएर हाम्रै देश नेपालमा पनि यो समस्या गम्भीर रुपमा देखिएको छ । अमेरिका, युरोप, दक्षिण अफ्रिका तथा एसियाका केही देशमा यो पुस्ताका यस्ता अनौठा व्यवहारहरूमाथि धेरै प्रकारका अनुसन्धान भएका छन् ।
यो पुस्ताका बालबालिकाहरू आफ्नै भाषा पनि धेरै ढिलो सिकिरहेका छन् । आइप्याडमा दिनभर गेम खेल्नु उनीहरूका लागि लतजस्तै भइसकेको छ । यही आइप्याडबाट धेरै समस्या सिर्जना भइरहेका छन् । आइप्याडले सिर्जना गरेको पहिलो समस्या मस्तिष्कको अत्यधिक उत्तेजना हो ।
सन् २०२३ मा संसारभरका धेरै अभिभावकले लोकप्रिय कार्टुन कोकोमेलोन नियमित रूपमा हेर्दा आफ्ना बालबालिकाको दिमागको विकास रोकिएको गुनासो गरेका थिए–
‘उनीहरू सुस्त भएका छन्, भाषा पनि ढिलो सिकिरहेका छन् । यति मात्रै होइन, यस्ता कार्टुन हेर्न नपाउँदा धेरै आक्रामक हुने गरका छन् । आफूले भनेजस्तो गर्न पाएनन् भने उनीहरू बालबालिका नभएर लागूपदार्थका दुर्व्यसनीको जस्तो लक्षण देखाउन थाल्छन् ।’
यो पुस्ताको एउटा सानो बालकले औसत हरेक दिन तीन घन्टा रिल मात्र हेरेर बिताउँछ । यसमा युट्युब भिडियो, टीभी, कार्टुनजस्ता कुरा त समावेश नै गरिएको छैन । दिनभर आइप्याडका सामग्री हेर्ने चक्करमा बालबालिकाको मस्तिष्कका यी भाग विकसित हुनुको सट्टा खुम्चिरहेका छन् ।
यही कारणले गर्दा न त बालबालिकाले पढाइका लागि बलियो स्मरणशक्ति विकास गर्न सकेका छन् न उनीहरूमा निर्णय गर्ने क्षमताकै विकास भइरहेको छ । दिनभर फोन वा आइप्याडमै झुन्डिरहने हुनाले उनीहरू सामाजिक रुपमा घुलमिल हुनसमेत पाएका छैनन् । यो नै उदास, चिन्तित र एक्लो पुस्ताको जन्म हुनुको प्रमुख कारण हो ।
जहाँसम्म कार्टुनको कुरा छ, धेरैजसो कार्टुनहरूमा चम्किलो रंग र तीव्र चाल प्रयोग गरिएको हुन्छ । कार्टुनमा बालबालिकाको लत बस्नुको प्रमुख कारण यो पनि हो । यसले बालबालिकाको दिमागलाई आवश्यकताभन्दा बढी उत्तेजित बनाउने गर्दछ । मस्तिष्कका धेरै क्षेत्रहरू एकैचोटि सक्रिय हुन्छन् ।
यस कारण लामो समयसम्म यस्ता कार्टुन हेर्ने बानी परेका बालबालिकालाई यदि कार्टुनहरू हेर्न दिइएन भने अति आक्रामक हुने गर्दछन् । त्यसैले आमाबाबुले आफ्ना छोराछोरीले कस्ता कार्टुन हेरिरहेका छन् र कति समयसम्म हेरिरहेका छन् भन्ने निगरानी गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया