चेपाङ बालबालिकाकाे शिक्षामा चेपाङ संरक्षण केन्द्रकाे पहल (भिडियाे)
चेपाङ संरक्षण केन्द्रमा पढेका विद्यार्थीमध्ये काेही सिभिल इन्जिनियर, काेही जेटिए, काेही एचए भएका छन् भने काेही स्टाफ नर्स बनेर विभिन्न निकायमा काम गरिरहेका छन्
शिक्षा नै सामाजिक विकासको मूल आधार हो । गरिबीले पिल्सिएका चेपाङ जातिका बालबालिकाका निम्ति शिक्षा दिलाउन चेपाङ संरक्षण केन्द्रले पहल गर्दै आएको छ । यो संस्था चितवनको रत्ननगर नगरपालिका वडा नं.११ मंगलपुरमा रहेको छ ।
यो केन्द्रमा मकवानपुर, चितवन, धादिङ, गोरखा जिल्लाका १ सय ५० जना चेपाङ बालबालिका तथा किशोरकिशोरी छन् । उनीहरूलाई यो केन्द्रले निःशुल्क रूपमा खाने, बस्ने, लुगाफाटो, कलम, किताब, कापी सबै सुविधा दिलाएको छ ।
जनगणनाको तथ्यांकले देशभरिमा चेपाङ/प्रजा जातिको जनसंख्या ८४ हजार ३ सय ६४ जना रहेको देखाएको छ ।
यो केन्द्रको संस्थापक केपी किरण शर्मा हुनुहुन्छ । उहाँ ‘गामबेसीको खबर’ मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । उहाँले चेपाङ जातिको बसोबास क्षेत्रमा स्थलगत अवलोकन गरी उनीहरूको जनजीवनबारे रिपोर्टिङ गर्नुभयो । लगातार तीन वर्षसम्म चेपाङ जातिका बारेमा अवलोकन गरेपछि ती जातिको शिक्षाबारे केही गर्ने अठोट लिनुभयो ।
‘चेपाङको जीवनस्तर शिक्षाका कारण सुधार हुन नसकेको पाएँ,’ उहाँ भन्नुहुन्छ, ‘सरकारले डाँडामा स्कुल बनाइदिएको छ तर गरिबीले खानापानमा समस्या भएपछि स्कुल जान सकेनन् । स्कुल नगएपछि शिक्षा भएन । शिक्षा नभएपछि त्यो समाजको उन्नति, प्रगति भएन । २०६८ सालमा पुग्दा तीन वर्षमा मैले चेपाङ जातिको जुन बिचल्ली देखें । जति ओडारमा बाजेबजैहरू भेटें । जति दुर्गमका कथाहरू भेटें । त्यसले शिक्षाबिना समाजको उन्नति, प्रगति हुन सक्दैन भनेर २५ जना बालबालिका लिएर भाडाको घरमा राखी पढाउने अभियान सुरु गरें ।’
उहाँले वडाको सिफारिसमा आर्थिक विपन्न विद्यार्थीलाई लिएर निःशुल्क आवासीय सुविधासहित पढ्न जाने वातावरण निर्माण गर्नुभयो । अहिले केन्द्रको नाममा एक बिघा क्षेत्रफलभित्र कम्पाण्ड घेरिएको कच्चीपक्की गरी झन्डै आठ करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति जोडिएका छन् । देश–विदेशमा रहनुभएका नेपाली सहृदयी महानुभावहरूको सहयोगमा यी सम्पत्ति जोडेको संस्थापक शर्मा बताउनुहुन्छ ।
शर्माका अनुसार यहाँ रहेका चेपाङ बालबालिकालाई प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिइएको छ । त्यहींबाट चेपाङ जातिको पहिलो सिभिल इन्जिनियर उत्पादन भई सरकारी निकायमा कार्यरत छन् । त्यसैगरी तीन जना जेटिए र तीन जना एचए (हेल्थ एसिस्टेन्ट) सरकारी जागिरमै छन् । १२ जना स्टाफ नर्स विभिन्न सरकारी अस्पतालमा काम गरिरहेका छन् ।

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु
_hSBCLrVkQp_80oqtyak0t1eu0yd8cgx2ffwlsffzszgtmy8tzljvveaiyldflqlyi66tyxg_rV9wP7ET3c_nmorwtgqoa9uwuvxwdfavbeahy5lzigw0iotauryvxdzf5ydvftt4aieucsl.jpeg)
शिक्षा विधेयककाे विराेधमा शिक्षक महासंघद्वारा आन्दाेलन घाेषणा

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
_dGnKEbOccv_vjvmmjzmdn0alnjkqr4eyiwocueudtuaeqq56qyrszjuj9o1moyxik7pvzuh_hR1aUYPe6h_ibc0srhbl7eh29uwzoorauywtlhmphscfbsx5qawcsnbmcpznkxmnzlixhvk.jpeg)
निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति ला…

प्रतिक्रिया