आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

जनचेतनामुलक पाठ्यसामग्री हस्तान्तरण

काठमाडौंको शङ्खरापुर नगरपालिकामा सञ्चालित निजी तथा संस्थागत विद्यालयलाई अनिवार्य पठनपाठन हुने गरी जनचेतनामुलक पाठ्यसामग्री हस्तान्तरण गरिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको साझेदारीमा विद्यालयस्तरका बालबालिकालाई लागू औषध दुर्व्यसनी, साइबर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरीलगायत विकृति विसंगतिबाट बचाउन एवं विद्यालयमा शिक्षक वर्गमार्फत विद्यार्थी एवं अभिभावकलाई सचेतना अभिवृद्धि गर्न पाठ्यसामग्री हस्तान्तरण गरिएको हाे ।

जनचेतनामुलक पाठ्यसामग्रीलाई विद्यालयको पाठयक्रममा समावेश गरी पठनपाठन गरिने प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

सामाजिक विकृती विसंगति नियन्त्रण गरी प्रहरी समुदाय साझेदारीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, प्रहरी–समुदाय–स्थानीय तह–विद्यालय र सामाजिक संस्थाबीच साझेदारीता निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाे प्रहरीले जनाएको छ । 

शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितको अध्यक्षतामा सञ्चालन भएको ‍पुस्तक हस्तान्तरण कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक नवराज अधिकारीले पाठ्यक्रममा उल्लेखित विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र स्थानीयलगायतको  सहभागिता थियो ।