विद्यालयहरूमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण
पहिलो दिन वीरगञ्ज–२१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

वीरगञ्जका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा, र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । युवा संस्थाद्वारा वीरगञ्जमा चार वर्षदेखि सञ्चालित युथ एक्सेस परियोजनाअन्तर्गत अभिमुखीकरण सुरु गरिएको हो ।
परियोजनाअन्तर्गत पहिलो दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ ।
कार्यक्रममा युवाका युथ च्याम्पियनहरू सुस्मिता चालिसे, रुची पटेल, अंगिकृत कर्ण, नवसिन तनविर मिकरानी, अफ्ताब आलम, सुजित गुप्ता, मुसाफिर गद्दी, पवनकुमार साह, प्रिन्सकुमार साह र राजन झालगायतको सहभागिता थियो ।
युथ च्याम्पियनहरूले विद्यार्थीलाई लिंग र लैंगिकताको भिन्नता, लिंगका प्रकार, प्रजनन स्वास्थ्य, महिनावारी सुरक्षालगायतका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।
विगत चार वर्षदेखि वीरगञ्जमा सञ्चालित युथ एक्सेस परियोजनाले सुरक्षित गर्भपतन र यौनिकतासम्बन्धी जानकारी अभिवृद्धि गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्यले काम गरिरहेको छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया