न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने करिब ५० बालबालिकालाई ज्याकेट वितरण गरिएको हो ।
रुकुम पूर्वमा चार दर्जन बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका-११ तुपास्थित दशरथ आधारभुत विद्यालयमा अध्यनरत बालबालिकालाई ज्याकेट वितरण गरिएको हो ।
बालबालिकालाई जाडोबाट जोगाउन समाजसेवी मुकेश खतिवडाले निजी खर्चमा ज्याकेटको व्यवस्थापन गर्नुभएकाे हाे । उक्त सहयोगका लागि विद्यालय परिवारले खतिवडालाई धन्यवाद दिँदै सम्मान गरेको थियो ।
कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने करिब ५० बालबालिकालाई ज्याकेट वितरण गरिएको हो । न्यानो ज्याकेट पाएपछि बालबालिका असाध्यै खुसी भएकाे र बालबालिकाको ओठमा देखिने मुस्कानले यस्तो सेवामा अभिप्रेरित गरेको समाजसेवी खतिवडाले बताउनुभएकाे छ ।



खेल्दै सिक्दै
चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)
जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)
भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)
प्रतिक्रिया