सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

ट्रिटन कलेजमा वक्तृत्वकला प्रतियाेगिता

कलेजको नेपाली र सामाजिक विभागले शुक्रबार व्यवस्थापन तथा कानुन संकायको बिहानी र दिवा सेवाका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता गराएको हो ।

काठमाडौंको कोटेश्वरस्थित ट्रिटन इन्टरनेशनल कलेजले विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । 

कलेजको नेपाली र सामाजिक विभागले शुक्रबार व्यवस्थापन तथा कानुन संकायको बिहानी र दिवा सेवाका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता गराएको हो ।

प्रतियोगितामा कक्षा ११ र १२ का १७ विद्यार्थी छनोटमा पर्नुभएकाे थियाे । प्रतिस्पर्धी विद्यार्थीहरुले आ–आफ्ना शीर्षकमा प्रस्तुति दिनुभएकाे थियाे । निर्णायक मण्डललाई निर्णय गर्नै हम्मेहम्मे पार्नुभएका प्रतिस्पर्धीबीच कक्षा ११ की तान्या साह प्रथम, कक्षा ११ कै सिम्रिका खवास द्वितीय, कक्षा १२ का सुमन कार्की तृतीय हुनुभयो भने कक्षा १२ की सामना आचार्य, कक्षा १२ कै निकिसा खड्का र कक्षा ११ की सुष्मा दाहालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगिताको निर्णायक विज्ञान संकाय नेपाली विभागका प्रमुख ध्रुव बस्याल र नेपाली शिक्षक लक्ष्मणप्रसाद उपाध्याय हुनुहुन्थ्याे । प्रतियाेगिताकाे आयाेजक व्यवस्थापन सङ्काय नेपाली विभाग प्रमुख सविता मैनाली र सामाजिक विभाग प्रमुख खेमराज आचार्य हुनुहुन्थ्याे । 

कार्यक्रमकाे संयाेजन प्रधानाध्यापक सहप्राध्यापक मदन शाक्य, कलेजका प्राेग्राम हेड कुमार थापा, व्यवस्थापन तथा कानुन सङ्काय बिहानी सत्र संयाेजक कमानसिंह राना क्षेत्री र व्यवस्थापन सङ्काय दिवाकालीन संयाेजक विक्रमप्रसाद भट्टराईले गर्नुभएकाे थियाे । सिताष्मा तिमल्सिना प्रस्ताेता रहनुभएकाे कार्यक्रममा अस्मिता मैनाली समयपालक हुनुहुन्थ्याे ।

प्रतियोगिताको सुरुवातमा आयोजकका तर्फबाट नेपाली विभाग प्रमुख मैनालीले यस्ता क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास र आलोचनात्मक क्षमताको विकास गर्ने बताउनुभयो । 

ट्रिटन कलेजले बास्केटबल, फुटबल, टेबलटेनिस, भलिबल, अदालती बहस, ट्रिटन टक, ओपन स्पिच कम्पिटिसन, वादविवाद, हाजिरीजवाफलगायत क्रियाकलाप गर्दै आएको छ ।